काठमाडौं । एक्टिभ म्यूजिक प्रा लि द्वारा सम्पन्न गरिएको “ दोस्रो क्रियटिभ इन्टरनेशनल म्यूजिक अवार्ड २०२५” मा बिगत दुई दशकभन्दा लामो समयदेखी नेपाली गीतसंगित क्षेत्रमा अनवरत योगदान दिई दर्शक,स्रोतामाझ लोकप्रिय गायक उत्सब सुब्बा लामा आधुनिक गीत तर्फ पब्लिकको भोटको आधारमा सर्वोत्कृष्ट हुँदै पब्लिक च्वाईस अवार्डबाट सम्मानित भएका छन् ।
लामाका हेलम्बु बजार, रनन रन्किने,धादिङ गजुरी,रातो साडी रातो पछेउरा,माथि माथि लेकमा,हेरिरहुं लाग्छ तिमीलाई,सोनाम ल्होछार,एउटा मुटु छ लगायत दर्जनौं गीतहरु दर्शक स्रोतामाझ लोक प्रीय छ । गायक लामाले नेपाल लगायत कतार, यूएई,मलेसिया सिंगापुर जस्ता देशहरूमा समेत आफ्नो साँगीतिक प्रस्तुति राखेर आफ्नो कला देखाईसकेका छन् ।
पुर्व उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यता तथा एक्टिभ म्युजिक प्रा।लि।का प्रबन्ध निर्देशक बिजेन्द्र नौबागेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिशेष अतिथिको रुपमा चलचित्र कलाकार संघका अध्यक्ष वरिष्ठ निर्देशक तथा कलाकार मोहन निरौला, वरिष्ठ निर्देशक तथा कलाकार शुभाष प्रसाद गजुरेल,जन आकाश साप्ताहिकका सम्पादक तथा अध्यक्ष मोहन कार्की,पपुलर ग्रुप प्रा.लि.का अध्यक्ष गणेश बहादुर थापा,सुन्दर पकिल्पना सक्षम समाजकी अध्यक्ष कुमारी बाँठा मगर (मनु),वरिष्ठ निर्देशक तथा कलाकार राम काजि घिमिरे,वरिष्ठ अधिवक्ता तथा कलाकार कृष्ण प्रसाद ढुंगाना,भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपालका अध्यक्ष अर्जुन के.सी.,महासचिव कृष्ण हरी के.सी.वरिष्ठ कलाकार यादव बैरागी,लगायत सामाजिक तथा कलाकारीता क्षेत्रमा योगदान पुर्याउनुहुने बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो।
नोमिनेशनको टप ५ मा परेका गायक रुपक डोटेल गीत(सारा हाँसो) गोबिन्द मधुर आचार्य(एक दिन उज्यालो) प्रताप दास(धोका)इनिस एन्जल राई(देखेको थिए सपना) लाई पछि पार्दै “एउटा मुटु छ” बोलको आधुनिक गीतबाट पब्लिक च्वाईस बिधामा सर्वोत्कृष्ट हुँदै गायक उत्सब सुब्बा लामा सम्मानित भएका हुन् । कार्यक्रम नेपाल चलचित्र बिकास बोर्ड चाहबिलमा जुलाई ७ मा सम्पन्न भएको थियो ।
प्रतिक्रिया