कर्णाली विकास बैंक घोटाला प्रकरण : पूर्व अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०८२, बिहीबार ०५:५५

काठमाडौं । कर्णाली विकास बैंक घोटाला प्रकरणमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति हुन्—बैंकका पूर्व अध्यक्ष पशुपति दयाल मिश्र।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता तथा एसपी युवराज खड्काका अनुसार मिश्रलाई बुधबार नेपालगञ्जबाट पक्राउ गरिएको हो। उनी विसं २०६६ देखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष पदमा थिए।

राजनीतिक पृष्ठभूमिमा पनि सक्रिय मिश्र मधेश आन्दोलनबाट उदाएका नेता हुन्। उनले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र राजनीतिक समूहको तर्फबाट सूर्य चुनाव चिह्न प्रयोग गरी प्रतिस्पर्धा गरेका थिए, तर पराजित भएका थिए।

प्रतिक्रिया