क्रिप्टो कारोबार र ठगीमा संलग्न ६ चिनियाँसहित ५२ जना पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ असार २०८२, बिहीबार ०५:४४

काठमाडौँ ।क्रिप्टो कारोबार तथा ठगीमा संलग्न रहेको आरोपमा ६ जना चिनियाँसहित ५२ जनालाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ललितपुर महानगरपालिका–४ स्थित दमकल चोकमा भाडामा लिएको घरमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

CIB का प्रवक्ता एसपी युवराज खड्काका अनुसार, चिनियाँ नागरिकहरूले ‘कल सेन्टर’ र ‘सफ्टवेयर कम्पनी’ सञ्चालन गर्ने नाममा घर भाडामा लिएर ठगी धन्दा चलाइरहेका थिए।

‘मेटो’ डाटिङ एप प्रयोग गरेर ठगी
अनुसन्धानमा खुलेको विवरणअनुसार, ‘मेटो’ नामको डाटिङ एपमार्फत युवतीहरू प्रयोग गरेर विदेशीहरूलाई निशाना बनाइ ठगी गरिँदै आएको थियो।

पक्राउ परेकाहरूले एपमार्फत व्यक्तिहरूलाई आकर्षित गरी आर्थिक कारोबारमा लगानी गर्न प्रेरित गर्दै ठगी गर्ने गरेको खुलाइएको छ।

चागलमा पनि कार्यालय, नगद र उपकरण बरामद
प्रहरीले काठमाडौंको चागलस्थित अर्को कार्यालयमा पनि छापा मारेको छ।
त्यहाँबाट ठगीमा प्रयोग गरिएको विभिन्न डिभाइसहरू र स्रोत नखुलेको करिब १३ लाख रुपैयाँ नगद बरामद गरिएको CIB ले जनाएको छ।

यससम्बन्धी थप अनुसन्धान भइरहेको र साइबर अपराध तथा आर्थिक ठगीका विभिन्न धाराहरूमा मुद्दा दर्ता गरिने तयारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया