काठमाडौं । लोकप्रिय गायक दुर्गेश थापाको भाइरल गीत ‘दुश्मन हेरेको हेर्यै’ ले युट्युबमा १० करोड (१०० मिलियन) भ्युजको कीर्तिमानी सफलता हात पारेको छ ।
योसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सामाजिक सञ्जालमार्फत थापा र उनको सिर्जनाको प्रशंसा गर्दै बधाई दिएका छन् ।
उनले लेखेका छन्, ‘आजको नयाँ पिँढीले बेग्लै स्वादका गीतर संगीतमा रुचि देखाउन थालेको ‘दुश्मन हेरेको हेर्यै’ गीतको भ्युवरबाट थाहा हुन्छ । दुर्गेश थापाको यो गीत सुन्नेको संख्या पाँच महिनामा १०० मिलियन (१० करोड) पुगेको छ । गीतका सर्जक दुर्गेश थापालाई बधाई ।’
थापाको गीतले छोटो समयमै यस्तो ठूलो दर्शक संख्याको कीर्तिमान बनाउनु नेपाली संगीत क्षेत्रमा दुर्लभ मानिन्छ । गीत सार्वजनिक भएको पाँच महिनाभित्रै युट्युबमा १० करोड पटक हेरिनु नेपाली पॉप संगीतमा ऐतिहासिक उपलब्धि हो ।
यो गीतले युवा पुस्तामाझ मात्र होइन, देश–विदेशमा रहेका नेपालीहरू माझ पनि अत्यधिक लोकप्रियता बटुलेको छ।
प्रतिक्रिया