एयर इन्डिया हाज दुर्घटना : जमिनमा समेत मानवीय क्षति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ जेष्ठ २०८२, शुक्रबार ०५:२६

काठमाडौं। एयर इन्डियाको ‘एआई १७१’ जहाज दुर्घटनास्थल बस्तीमा भएको थियो । जसले गर्दा जमिनमा समेत मानवीय क्षति पुगेको देखिएको छ ।

सरदार पटेल इन्टरनेसनल विमानस्थलबाट उडेको केही क्षणमै जहाज मेघाणी नगर इलाकामा दुर्घटनामा परेको थियो । जहाज डाक्टरहरूको एक होस्टलमा खसेको थियो ।

उक्त जहाज अहमदावादबाट बेलायतको लन्डनस्थित ग्याटविक विमानस्थलका लागि उडेको थियो । जहाजमा सवार मानिस बाहेक १५ जना डाक्टर घाइते अवस्थामा अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

२०÷२५ जना भने दुर्घटना स्थलमा परेको एबीपी न्युजले स्थानीय पार्षदलाई उद्धृत गर्दै लेखेको छ । जहाजमा १ सय ६९ जना भारतीय नागरिक थिए । ५३ बेलायती, ७ पोर्चुगाली र १ जना क्यानडाका नागरिक सवार रहेको पाइएको छ ।

प्रतिक्रिया