माया गर्ने युगल जोडिले एक पटक हेर्नै पर्ने नेपाली प्रेम गीत बिगतको कुरा

evccfn@gmail.com' rastriyakhabar
२७ बैशाख २०८२, शनिबार २०:२२

काठमाडौ । नेपाली गीतसंगीतको उद्योगमा प्रेम र भावनाको अनमोल चित्रण गर्ने विभिन्न खालका प्रेम गीतहरु सार्वजनिक हुने क्रम बढ्दो रहेको छ ।

यसै क्रममा युवा नेता तथा व्यवसायी श्यामलाल योन्जनले पनि नेपाली प्रेम गीत विगतको कुरा भिडियो सहित सार्वजनिक भएको छ। शुक्रवार भक्तुर सुर्यविनाय स्थित एक होटलमा पत्रकार सम्मेलन मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

सकरात्मक सोचका धनि व्यक्तित्व, उत्प्रेरक वक्ता , वरिष्ठ प्रशिक्षक विकाशदेव योन्जनको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् । प्रेममा मिठास हुन्छ, तर कहिलेकाहीँ पीडा पनि हुन्छ । कोही माया गर्छन् तर भन्न सक्दैन । कोही भन्न सक्छ, तर निभाउन सक्दैनन् । अनेकन प्रकारका माया गर्ने छुट्टा छुट्टै शैलि हुन्छन । यस्तै फरक तवरको माया प्रेमको भावना उजागर गरेको नेपाली प्रेम गीत हो बिगतको कुरा ।

माया प्रेमको बन्धनमा रहेको एक युगल जोडिले एक अर्कालाई गरेको निस्वार्थ मायालाई सरल र अर्थपुर्ण ढंगले शब्दमा उनेर संगीतको सम्मिस्रण संगै अत्यन्तै समधुर आवाजमा गीत बनाएको छ भने गीतको भिडियोमा पनि रोचक ढंगले प्रस्तुत गरेको पाईन्छ । प्रमुख अकिथि उत्प्रेरक वक्ता विकाश देव योन्जनले गीतको भिडियोमा ग्ल्यामरस दृश्य थोरै समेट्ने जमर्को गके पनि भल्गाराटिलाई प्रोत्साहन नदिएको कुरा प्रष्ट पारेका छन् ।

निक्कै मिहनतका साथ गरेको यो प्रयासलाई आम दर्शकले आलोचित ढंगले नभएर सिक्ने अवसरको रुपमा हेर्न अनुरोध गरेका छन् । गीतको भिडियो अभिनय गरेका नव मोडल श्यामलाल योन्जनको शब्द रचनामा बनेको उक्ता गीतमा संगीत कविन योन्जनको रहेको छ । गीतमा सुमधुर आवाज चर्चित गायिका जितु लोप्चन र जोगलाल लामाको रहेको छ । जोगलाल लामाले नै म्युजिक एरेन्ज गरेको अडियो मिक्सिङ भने दिपेश प्रधानलो गरेका हुन् ।

गीतको भिडियो तर्फ भने विकाश देव योन्जनको निर्देशन तथा उमेश खड्गिको कोरियोग्राफिमा श्यामलाल योन्जन र सबिता घिसिङको सुन्दर अभिनय रहेको छ भने भिडियो छायंकन, सम्पादन तथा कलरिङ कविन योन्जनले गरेका हुन् ।

सशक्त अभिनय, मन छुने शब्द र हृदयस्पर्शी संगीत रहेको यो प्रेमगीतले दर्शकको मन के कत्ति जित्ला भन्ने कुरा भने सिङ्गो टिमलाई प्रतिक्षाको घडि बनेको छ ।

प्रतिक्रिया