एनआरएनए आईसीसी उपाध्यक्षमा मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ निर्विरोध निर्वाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०८२, बुधबार ०६:३५

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनबाट मनोज कुमार श्रेष्ठ ‘गोर्खाली’ अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

श्रेष्ठको निर्वाचनसँगै एनआरएनएको नेतृत्व तहमा एक अनुभवी, निडर र समर्पित व्यक्तित्वको उदय भएको बताइएको छ।

श्रमिक हितमा नीतिगत सुधार खाडी तथा अन्य श्रमिक गन्तव्य राष्ट्रहरूमा कार्यरत नेपालीहरूलाई सुरक्षा, सहयोग र न्यायको प्रत्याभूति दिलाउने योजना लिएका उनले युवा तथा महिलाको समावेशितास् एनआरएनए नेतृत्व संरचनामा युवाहरू र महिलाको सक्रिय सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्ने योजना उनले अघि सारेका छन्।

श्रेष्ठले आर्थिक कूटनीति र लगानी प्रवर्द्धन गरी प्रवासी नेपालीहरूलाई उद्यमशीलता, लगानी र आर्थिक सम्बन्धमा प्रेरित गर्न विश्वव्यापी आर्थिक अभियान संचालन गर्ने बताए । एनआरएनएलाई राजनीतिक प्रभावबाट टाढा राख्दै पारदर्शी, जवाफदेही र उत्तरदायी बनाउने अठोट रहेको बताउँदै श्रेष्ठले आधुनिक प्रविधिको प्रयोगमार्फत संगठनलाई प्रभावकारी र पहुँचयोग्य बनाउने उनी प्रतिबद्धता जनाएका छन्। श्रेष्ठको नेतृत्वको आगमनसँगै एनआरएनएको आगामी कार्यकाल अझ प्रभावकारी, समावेशी र दूरदर्शी हुने विश्वास गरिएको छ।

प्रतिक्रिया