काठमाडौं। सम्पन्न गरेको छ । नगरपालिकाका अध्यक्ष सुरेन्द्र लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सभापति वडा सदस्य बुद्दिमान लामा रहनुभएको थियो भने बिसेष अतिथिमा वडा सदस्य नबिन श्रेष्ठ र वडा सदस्य शर्मिला नेपालिसहितको जनप्रतिनिधिको उपस्थितिमा नबिन श्रेष्ठले स्वागत मन्तब्य राख्नुभएको थियो । बालबालिकाको समस्या गुनासो चासो र सुझाब सहितको अनुरोध कार्यक्रममा जनप्रतिनिधिहरुले बालबालिकाको कुरा सुनेपछि जवाफ दिनुभएको थियो ।
नगरपालिकाका अध्यक्ष सुरेन्द्र लामाले आफूले नेतृत्व सम्हालेपछि नगरपालिका भित्रका बालबालिकाहरुको लागि विभिन्न कार्यक्रम आयोजना गरेको जनाउँदै बालबालिकाहरुकै सल्लाह सुझाव अनुसार अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
आफू निर्वाचित भएपछि किशोरीहरुलाई आत्मरक्षा तालिम, सबै विद्यार्थीहरुलाई जीवनोपयोगी तालिम, साइबर क्राइम तालिम प्रदान गरेको बताउँदै बाल अधिकारकर्मीहरुले माग गरे बमोजिम सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोषणयुक्त खाजा र छात्राहरुलाई सेनेटरी प्याडको ब्यवस्था तत्काल नगरपालिका गर्दै आइरहेको जानकारी दिनुभयो । यस्ता कार्यक्रम आगामी दिनमा पनि राखिने जानकारी गराउनुभयो ।
एक वडा एक पार्कको अवधारणा बालबालिका लक्षित भएकोले चिल्ड्रेन पार्क समेत निर्माण गरिएको जानकारी गराउनुभयो । १२० जना बालबालिकाको उपस्थितिमा भएको कार्यक्रममा जनप्रतिनिधि आएपछि धेरै राम्रो सहयोग गरेको अनुभव समेत धेरै बालबालिकाले सुनाउनुभयो । वडा सदस्य नबिन श्रेष्ठले बालबालिका भोलिको कर्णधार भएकोले अहिले देखिनै सुसुचित र जानकार हुनुपर्ने बताउनुभयो ।
केहि बालबालिकाले सामुदायिक विद्यालयको ट्वाईलेटको कुनाकुनामा डस्टबिन नभएको कारण किशोरीहरुका प्याडहरुले दुर्गन्ध बनाएको बताउँदै विद्यालयको ट्वाइलेटहरुमा डस्टबिनको व्यवस्था गर्न माग गरिन् ।
बालबालिकाले सामुदायिक विद्यालयमा ब्यवस्थित सार्वजनिक पुस्तकालय स्थापना गर्न माग समेत जनप्रतिनिधिसंग गर्नुभएको थियो । बालबालिकाको अवस्था बिषयक कार्यपत्र सहित अधिकार र उत्प्रेरणा सहितको ११ बजे देखि ३ बजे सम्म चलेको जनप्रतिनिधि र बालबालिका सहितको कार्यक्रममा राजेन्द्र न्यौपानेले बिसेष प्रशिक्षण गर्नुभएको थियो भने पत्रकार मुकुन्द ढुंगानाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमाणपत्र सहित बालबालिकालाइ खाजाको ब्यबस्था गरिएको थियो भने कार्यक्रमको समापन सभापति तथा वडा सदस्य बुद्दिमान लामाले गर्नुभएको थियो।

प्रतिक्रिया