“दशैको समाप्ति र तिहारको आमन्त्रणको पर्व कोजाग्रत पुर्णिमा” – रमेशकुमार महत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ आश्विन २०७६, सोमबार ०४:४९

पुर्णिमा भन्ने वित्तिकै पिेथ्विबाट चन्द्रमालाई पुर्ण रुपमा ऊज्यालो देखिने दिन हो। पुर्णिमाको दिनलाई पश्चिमी मुलुकमा पनि Full moon को दिन विशेष दिनको रुपमा लिईने गर्दछ। सनातन हिन्दु परंपरा अनुसार पुर्ण चन्द्रको दर्शन गरे अर्थात पुर्णिमाको दिन पुर्ण चन्द्रलाई हेरेमा त्यो महिना आनन्द संग वित्दछ भन्ने विश्वास रहिआएको छ। घटस्थापनाको दिन विधिवत राखिएको माटाको घडा सहितको जमरा राखेको आज पन्ध्रौ दिन ऊक्त घडा सहितको जमरालाई नदिको किनारमा लगि विसर्जन गरि यस वर्षको दशैलाई विदाई गरिन्छ। कोजाग्रत पुर्णिमा दशैको विदाई संगसगै तिहार अर्थात दिपावलीको आमन्त्रणको पर्वको रुपमा लिईन्छ।कोजाग्रत पुर्णिमाको रात धनधान्यकि देवि लक्ष्मीको पृथ्विमा आगमन हुने हुदा आजको रात माता लक्ष्मीको आराधना गरि पुजा अर्चना गरिन्छ। विभिन्न चहाड पर्वको आ-आफ्नै महत्व रहि आएको छ।त्यसै गरि कोजाग्रत पुर्णिमाको पनि आफ्नै महत्व रहिआएको छ यो नै हाम्रो मौलिकता हो पहिचान हो।

प्रतिक्रिया