नवनिर्वाचित सांसद बम र पोखरेललाई बुढानीलकण्ठ नगरपालिकाद्वारा सम्मान तथा शुभकामना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८२, आईतवार ०७:३५

काठमाडौं। बुढानीलकण्ठ नगरपालिका ले काठमाडौँ क्षेत्र नं. ४ र ५ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पुकार बमसस्मित पोखरेल लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

नगरपालिकाको कार्यपालिका बैठक कक्षमा आयोजित कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारी, उपप्रमुख अनिता लामा तथा प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला ले संयुक्त रूपमा सम्मान गर्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा नगर प्रमुख अधिकारीले नवनिर्वाचित सांसदहरूलाई जनताको अपेक्षाअनुसार काम गर्दै विकास, सुशासन र समृद्धिको यात्रामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले भने, “यहाँहरूको जित जनताको विश्वासको परिणाम हो, त्यसलाई सम्मान गर्दै प्रभावकारी र जनमुखी कार्यसम्पादन गर्नुहुनेछ भन्ने अपेक्षा लिएका छौँ।”

उपप्रमुख अनिता लामाले स्थानीय तह र संघीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै भनिन्, “नगरको विकासमा संघीय प्रतिनिधिहरूसँग सहकार्य अझ सुदृढ बनाउँदै अघि बढ्नुपर्छ।”

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले प्रशासनिक रूपमा आवश्यक सहकार्य र समन्वयका लागि नगरपालिका सधैं तयार रहेको बताए।

नवनिर्वाचित सांसद पुकार बम ले जनताको विश्वासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी जनताको सेवामा समर्पित रहँदै विकास र सुशासनका लागि निरन्तर प्रयास गर्नेछौँ।”

यसैगरी सस्मित पोखरेल ले पनि सबै पक्षसँग सहकार्य गर्दै जनअपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता जनाए। उनले भने, “स्थानीय तहसँगको सहकार्यले विकासलाई अझ प्रभावकारी बनाउन मद्दत पुर्‍याउनेछ।”

कार्यक्रममा सहभागीहरूले नवनिर्वाचित माननीयहरूलाई सफल, जनमुखी र प्रभावकारी कार्यकालको हार्दिक कामना व्यक्त गरेका थिए।

प्रतिक्रिया