जाँचबुझ आयोगले रबि लामिछानेको बयान लिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८२, मंगलवार ०६:००

काठमाडौँ ।  गत २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगका पदाधिकारीले नख्खु कारागार पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग कुराकानी गरेको छ।

आयोगको टोली सोमबार कारागार पुगेर लामिछानेलाई भेटेको हो । टोलीले लामिछानेसँग प्रारम्भिक कुराकानी गरेको र औपचारिक बयान लिने तयारी गरेको छ।

कारागारभित्र आयोगका सदस्यहरूसँग लामिछानेले २४ भदौको घटनाका बेला आफूले स्थिति शान्त बनाउन प्रयास गरेको दाबी गरेका छन् । ‘मैले अपराधीहरू उत्तेजित नहोउन् भनेर प्रशासनलाई भनेँ- माइक दिनुस्, म बुझाउँछु भनेर,’ उनले आयोगका सदस्यलाई भनेका थिए ।

आयोगले कारागार प्रमुख सत्यराज जोशीसँग पनि सोधपुछ गरेको छ। आयोगका अधिकारीहरूले लामिछानेलाई बाहिर निकाल्न लेखिएको पत्रबारे प्रश्न गरेका थिए। उनले घटनाक्रमको क्रममा ज्यानसमेत जोखिममा परेको महसुस गरेपछि पत्र नपढीकनै हस्ताक्षर गरेको बयान दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply