यी हुन् यो वर्ष घुम्न सकिने १० क्षेत्र

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

काठमाडौं । केही वर्ष पहिले धनि मात्र घुम्न जान्छन् भन्ने मान्यता थियो। अझ एक थरिले बिदेशीलाई मात्रै पर्यटक मान्दथे। त्यसो त पर्यटन ऐन-२०३५ ले पनि विदेशी नागरिकलाई मात्रै पर्यटक मानेको थियो। २०५५ सालमा मात्रै सरकारले पर्यटन ऐनमा नेपाली पर्यटक भनेर व्याख्या गरेको हो। बिगत केही वर्ष यता नेपालीमा..

नेपालमा रोकिएका २८१ अष्ट्रेलियन नागरिक स्वदेश फिर्ता

बिहिबार, बैशाख २५, २०७७ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको वाइड बडी जहाज सिड्नीका लागि उडान भरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ..

व्यवसायीका समस्या समाधान नभए भयावह अवस्था आउँछ : हान

मङ्लबार, बैशाख २३, २०७७ मा प्रकाशित

काठमाडौं । होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउन सक्ने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो । आइतबार हानले ६ महिना होटल व्यवसाय..

आन्तरिक हवाई उडान बैशाख १८ सम्म स्थगित

बिहिबार, बैशाख ४, २०७७ मा प्रकाशित

सरकारले आन्तरिक हवाई उडान अप्रिल ३० तारिखसम्म स्थगित गर्ने निर्णय गरेको छ । बुधबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले अन्तराष्ट्रिय उडान अप्रिल ३० सम्म रोक्ने मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक उडान पनि सोही मितिसम्म स्थगित गर्ने निर्णय गरेको हो । समितिले..

सिल्क एअरका यात्रुले पाए मध्यराती बिमानबाट ओर्लने अनुमति

आइतवार, चैत्र ९, २०७६ मा प्रकाशित

काठमाडौं । अन्ततः त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयले सिल्क एअरका यात्रुलाई फिर्ता पठाउने निर्णयमा पुनर्बिचार गरेको छ । बिमानमा इन्धन भर्ने भन्दै आकस्मिक अवतरण गरेको सिल्क एअरमा अधिकांश नेपाली यात्रु रहेकोले बिमानभित्रै स्वास्थ्य परीक्षणपछि बिमानबाट ओरालिएको हो । बिमानस्थलमा..

भ्रमण वर्षलाई नयाँ तरीकाले अघि बढाउँछौं : मन्त्री भट्टराई

शनिबार, चैत्र १, २०७६ मा प्रकाशित

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईले विश्वभर महाभारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण फैलिएकाले भ्रमण वर्षलाई नयाँ तरीकाले अघि बढाउने बताएका छन् । भट्टराईले शुक्रबार रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारमा बसेको बैठकमा यस्तो..

गोर्खाको धार्चेमा राष्ट्रिय क्यानोनिङ्ग रन्देभू (महोत्सव) र गाईड ट्रेनिङ्ग हुँदै

बिहिबार, फाल्गुन २२, २०७६ मा प्रकाशित

नेपाल क्यानोनिङ्ग एशोसिएसनले यहि मार्च १७ देखि मार्च २१ सम्म ५ दिने entry लेभल क्यानोनिङ्ग गाईड ट्रेनिङ्ग र मार्च २० र २१ तारिखमा क्यानोनिङ्ग रन्देभू गोर्खा जिल्लाको धार्चे गाउँपालिका वडा नं. ७ को न्याउँली झरना (छाँगा) मा गर्ने भएको छ । एसियामा नै पहिलो पटक अन्तराष्ट्रिय क्यानोनिङ्ग रन्देभू इ.स २०११ मा..

फिकुरीको हिउँमा अशोक सिलवालको किताब

बुधबार, फाल्गुन २१, २०७६ मा प्रकाशित

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३४६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । ३८०० मिटरको..

भ्रमण वर्ष २०२० स्थगित, ‘सगरमाथा संवाद’ पनि नहुने

सोमवार, फाल्गुन १९, २०७६ मा प्रकाशित

काठमाडौं । सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रमण वर्ष स्थगित गर्ने प्रस्ताव राखेको स्रोतले खबरहबलाई..

दिल्ली-काठमाडौं उडान सुरू, दुईतर्फी भाडा १५ हजार

बिहिबार, फाल्गुन १, २०७६ मा प्रकाशित

काठमाडौं । भारतीय वायुसेवा कम्पनी भिस्तारा एयरलाइन्सले नेपाल उडान सुरू गरेको छ। नेपाललाई पाँचौ गन्तव्य बनाएर भिस्ताराले नयाँ दिल्ली–काठमाडौंमा उडान सुरू गरेको हो। भिस्ताराका प्रमुख व्यापारिक अधिकृत बिनोद कन्ननले मंगलबारको पहिलो उडानमा ९५ प्रतिशत अकुपेन्सी रहेको जनाए। उनका अनुसार भिस्ताराले..

नेपाल एयरलाइन्सले ३७ हजार मै जापान उडाउने, लगेज पनि २५ किलो लान दिने !

बुधबार, माघ २९, २०७६ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी फागुन १९ गते (२ मार्च २०२०) देखि जापानको नारितामा सिधा उडान भर्ने भएको छ । निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको छ..

नेपालीको उद्धार गर्न दुई जहाज तयारी अवस्थामा छन् : पर्यटनमन्त्री भट्टराई

आइतवार, माघ १९, २०७६ मा प्रकाशित

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको उद्धारका लागि दुई वटा जहाज तयारी अवस्थामा रहेको बताएका छन्। कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत..

६ देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्ज घुमाइने

शुक्रबार, माघ १७, २०७६ मा प्रकाशित

भरतपुर । नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा नेपालस्थित विभिन्न देशका राजदूतलाई चितवन राष्ट्रिय निकुञ्जमा घुमाइने भएको छ । नेपालस्थित ६ वटा देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न लागेका हुन् । बाग्मती प्रदेश र भ्रमण..

पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला

बुधबार, माघ ८, २०७६ मा प्रकाशित

काठमाडौं । मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामन सीमभञ्ज्याङस्थित एभेरेस्ट पानोरमा रिसोर्टमा ८ जना भारतीय पर्यटक अचेत अवस्थामा फेला परेका छन् । २ वटा कोठा भाडामा लिएर बसेका ८ जना मंगलबार अचेत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह..