कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु

बिहिबार, जेष्ठ ८, २०७७ मा प्रकाशित

काठमाडौं- नेपालमा कोरोनाभाइरसका कारण तेस्रो व्यक्तिको मृत्यु भएको छ। रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो । भेन्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको क्रिमशन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले जानकारी दिए । मृत्यु हुने बिरामी..

बाँकेको नरैनापुरमा २६३ स्वाब परीक्षण गर्दा ६० जना कोरोना संक्रमित

मङ्लबार, जेष्ठ ६, २०७७ मा प्रकाशित

नेपालगञ्ज । बाँकेको नरैनापुरका विभिन्न ४ क्वारेन्टाइनबाट संकलन गरिएका २ सय ६३ स्वाब परीक्षणमा ६० जनामा कोरोना भाइरस संक्रमण पाइएको छ । सोमबार उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । नेपालगन्जस्थित भेरी अस्पताल ल्याइएका २ सय ६३ मध्ये ६० को रिपोर्ट पोजेटिभ आएको र बाँकी २ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको..

मृतक सुत्केरीका परिवारसहित सातजना आइसोलेशन, २३ जना क्वारेन्टाइनमा

सोमवार, जेष्ठ ५, २०७७ मा प्रकाशित

काभ्रे । सिन्धुपाल्चोकको बाह्रविसे निवासी २९ वर्षीया सुत्केरी महिलाको कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएपछि उनका परिवारसहित सातजनालाई आइसोलेशनमा राखेर उपचार भइरहेको जनाइएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार उनीहरुको स्वाब..

काठमाडौंका मासु पसलेलाई कोरोना संक्रमण भएको पुष्टि

सोमवार, जेष्ठ ५, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौंस्थित कालीमाटीमा राँगाको मासु व्यापार गर्दै आएका एक व्यवसायीलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि कोरोना पुष्टि भएका बर्दियाका २८ वर्षीय पुरुषले काठमाडौंस्थित कालीमाटीका व्यवसायी गर्दै आएको पुष्टि भएको हो । बाँकेको सदरमुकाम गुलरिया नगरपालिका वडा नम्बर ११ लालपुरका स्थायी..

नेपालमा कोरोना संक्रमितको स‌ंख्या २८१ पुग्यो

आइतवार, जेष्ठ ४, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा एक जनाको मृत्यु भएको छ । २८१ जना संक्रमित भएका छन् । आज एकै दिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार..

औषधि व्यवस्था विभाग खारेज गरिने

शनिबार, जेष्ठ ३, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले औषधि व्यवस्था विभाग खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले औषधि व्यवस्था विभाग खारेज गरिने बताएकी हुन् । विभागलाई खारेज गरी स्वायत्त नियमनकारी संस्था खाद्य तथा औषधि प्राधिकरण (एफडिए) स्थापना गर्ने उनले..

शिक्षण अस्पताल महाराजगञ्जका एक कर्मचारीमा पनि कोरोना संक्रमण !

शनिबार, जेष्ठ ३, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । दाङ तुलसीपुर-७ घर भएका शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो । यसअघि उपचारको क्रममा शिक्षण अस्पतालमा रहेकी कपिलबस्तुकी ६ वर्षीया बालिकामा..

सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान विभागका चारजना कोरोना संक्रमित

बिहिबार, जेष्ठ १, २०७७ मा प्रकाशित

कृष्णनगर । कपिलबस्तुमा चार सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण पाइएको छ । आज बेलुकी ८ जना संक्रमितमध्ये ४ जना सुरक्षाकर्मी हुन् । सीमा सुरक्षामा खटिएका एक सशस्त्र प्रहरीका नायव निरीक्षक (सई), इप्रका कृष्णनगरमा कार्यरत नेपाल प्रहरीका नायव निरीक्षक (सई), राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत सहायक..

१३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो

मङ्लबार, बैशाख ३०, २०७७ मा प्रकाशित

काठमाडौं– नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो । सोमबार मात्रै नेपालमा २४ जना कोरोना..

बिहानको समयमा सेक्स गर्दा यस्तो फाइदा हुने !

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

सेक्स गर्ने निश्चित समय छैन । यति नै बेला सेक्स गर्नुपर्छ भन्ने किटानी त छैन । तर पनि उपयुक्त समय र परिस्थिति अनुसार सेक्स गर्न सकिन्छ । अधिकांशले रातिमा सेक्स गर्छन् । तर, रातिमा भन्दा विहानको समयमा सेक्स गर्दा बढि राम्रो हुने विभिन्न अध्ययनले देखाएको छ । एकाविहानै सेक्स गरे दिनभरी ‘मुड फ्रेस’ हुने र..

कोरोना संक्रमित कुन उमेर समूहका कति जना ?

सोमवार, बैशाख २९, २०७७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार संक्रमितमध्ये ७९ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ भने ३१ जना निको भएर डिस्चार्ज भइसकेका छन् । नेपालमा कोरोना..

थप एकजनामा कोरोना, नेपालमा संक्रमितको संख्या ११० पुग्यो

आइतवार, बैशाख २८, २०७७ मा प्रकाशित

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दोस्रो पटक संकलन गरिएको थ्रोट स्वाब परीक्षण गर्दा शनिबार थप एकजनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकी महिला ४३ वर्षीया रहेको कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले..

थप एकजनामा कोरोना संक्रमण : संक्रमितको संख्या १ सय २ पुग्यो

शनिबार, बैशाख २७, २०७७ मा प्रकाशित

काठमाडौं । बाँकेको नेपालगञ्जमा थप एकजनामा कोरोना भाइरसको संक्रमण भएको छ । नेपालगञ्जका १६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । नेपालगञ्जमा संक्रमित एकजनासमेत समग्रमा संक्रमितको संख्या १ सय २ जना पुगेको छ । यसअघि हिजो..

कपिलवस्तुमा २ संक्रमितको पुष्टि, कोरोना संक्रमतिको संख्या १०१ पुग्यो

शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या अब १०१ पुगेको छ । विहीबार कपिलवस्तुका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाथ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रोगशालमा टेकुमा भएको परीक्षणमा उनीहरुमा रिपोर्ट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । उनीहरुको..

हात मिलाउदै मन्त्री ढकालले बुझे स्वीटजरल्याण्डले दिएको ३० हजार पीसीआर किट

शुक्रबार, बैशाख २६, २०७७ मा प्रकाशित

स्वीटजरल्याण्डले कोरोना परीक्षणका लागि सहयोग बापत दिएको ३० हजार थान पीसीआर टेस्ट किट स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले हात मिलाउदै बुझेका छन् । स्वास्थ्य मन्त्रालयले नै कोरोना सम्बन्धि जारी गरेको स्वास्थ सन्देशमा हात न मिलाउन उल्लेख भएपनी मन्त्री ढकालले बिहीवार हात मिलाउदै बुझेका..