नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुग्यो

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमित थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । मृतक दोलखाका ७६ वर्षीय पुरुष रहेका छन् । डा देवकोटाका अनुसार ती वृद्धलाई गत जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना गरिएको थियो । उनमा हेमोर्‍याजिक स्ट्रोक..

कस्ता मानिस कहाँ आइसोलेशनमा बस्ने ? निर्देशिका जारी

बिहिबार, जेष्ठ २२, २०७७ मा प्रकाशित

काठमाडाैं । कोरोना सङ्क्रमित दुई हजार नाघेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पतालमा आइसोलेशन सञ्चालन र सामान्यावस्थाका बिरामीलाई घरमै आइसोलेशनमा राख्ने व्यवस्थासहितको निर्देशिका जारी गरेको छ । मन्त्रालयले यही जेठ २० गते स्वीकृत ‘कोभिड –१९ केशको आइसोलेशन व्यवस्थापनसम्बन्धी..

सुत्नुअघि पाइतालाको मालिश गर्दा भरपूर फाइदा

बुधबार, जेष्ठ २१, २०७७ मा प्रकाशित

एजेन्सी : मानिसहरू अनुहारको स्याहार त खुबै गर्छन् तर गोडालाई खासै वास्ता गर्दैनन् । दिनभरि हामी जसको सहारामा उभिन्छौं, ती गोडाहरूलाई हामीले हेरचाह गर्नु जरूरी छ । हाम्रा पाइतालामा शरीरका धेरै भागहरूसम्म पुग्ने विन्दुहरू छन् । यी विन्दुमा राति मालिश गर्दा शरीरलाई धेरै स्वास्थ्यलाभ हुन्छ । यहाँ हामी..

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

काठमाडौं । काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं मेडिकल कलेजमा कार्यरत चार जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी दिएको छ। उनीहरु २४ देखि ३२ वर्षका ३ जना महिला र २८ वर्षका एकजना पुरुष रहेका..

६१ जिल्लामा पुग्यो कोरोना संक्रमण

मङ्लबार, जेष्ठ २०, २०७७ मा प्रकाशित

काठमाडौं । मंगलबार गण्डकी प्रदेशको पर्वत र प्रदेश ५ को प्युठानमा पहिलोपटक कोरोना भाइरसका संक्रमित फेला परेका छन् । यी दुई जिल्लामा संक्रमित फेला परेसँगै नेपालको ६१ जिल्लामा कोरोनाको संक्रमण पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म प्रदेश १ को नौ जिल्लामा संक्रमित फेला..

थप ४३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६१० पुग्यो

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

काठमाडौँ । कर्णाली प्रदेशमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जनासहित ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । योसहित कर्णाली प्रदेशमा संक्रमितको संख्या ९४ पुगेको छ । यसअघि आइतबार नै देशभर १६६ जना संक्रमित..

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो : बाजुरामा मृत्यु हुने बालिकामा कोरोना पुष्टि

सोमवार, जेष्ठ १९, २०७७ मा प्रकाशित

काठमाडौं । बाजुरामा आइसोलेसनमा ज्यान गुमाउने बालिकामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । स्वाब परीक्षणमा ती बालिकाको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । बाजुराको जिल्ला अस्पतालमा रहेको आइसोलेसनमा रहेकी दुई वर्षीया बालिकाको गएराती मृत्यु भएको थियो। अभिभावकसँग भारतबाट आएकी उनको..

कपिलवस्तुमा सातमहिने बालकसहित ५२ मा कोरोना सङ्क्रमण

शनिबार, जेष्ठ १७, २०७७ मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुमा आज नाबालकसहित ५२ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये ३६ यशोधरा गाउँपालिकाका भएको र बाँकी चार पालिकाको रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोनो फोकल पर्सन कुमार थापाले जानकारी दिए । सङ्क्रमितमध्ये सातमहिने नाबालक वडा नम्बर ५ को अनिरुथ माविको क्वारेन्टिनमा..

२७२ अस्पताल निर्माण गरिने

शुक्रबार, जेष्ठ १६, २०७७ मा प्रकाशित

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ मा २७२ वटा अस्पताल निर्माण गर्ने भएको छ । आज सङ्घीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न २७२ वटा स्थानीय तहमा २७२ वटा अस्पताल निर्माण गर्ने बताउनुभयो । उहाँले..

नेपालमा कोरोना संक्रमित पाँचौं व्यक्तिको मृत्यु, लिभर बिरामीमा कोरोना पुष्टि

बिहिबार, जेष्ठ १५, २०७७ मा प्रकाशित

ललितपुर । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएका एक बिरामीको निधन भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । किष्ट मेडिकल कलेज, ललितपुरमा उपचाररत ५७ वर्षीय पुरुषको आज साँझ मृत्यु भएको हो । उनमा कोरोना पोजेटिभ पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका..

कोरोना भाइरस संक्रमितको संख्या ७७२ पुग्यो

बुधबार, जेष्ठ १४, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा मंगलबार थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ७७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका..

कोरोना संक्रमितको संख्या ६०० नाघ्यो

सोमवार, जेष्ठ १२, २०७७ मा प्रकाशित

काठमाडौं । थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ । मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको..

नेपालमा कोरोना संक्रमण : कुन उमेरका कति संक्रमित ?

सोमवार, जेष्ठ १२, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । तीमध्ये ५२४ पुरुष र ७९ जना महिला रहेका छन् । संक्रमितको उमेरलाई हेर्दा नेपालमा सबैभन्दा बढी २१ देखि ३० वर्ष समूहका प्रभावित भएका छन् । अर्थात् युवाहरु बढी संक्रमित भएका छन् । तर, विश्वको कोरोना संक्रमितको उमेर हेर्दा ५० वर्षभन्दा माथिको..

विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५८४ पुग्यो

आइतवार, जेष्ठ ११, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरसका थप ३६ जना थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप जनासहित देशभर संक्रमितको संख्या ५ सय ८४ पुगेको जानकारी दिएका छन् । पछिल्ला संक्रमितमध्ये बाँकेका..

कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

शनिबार, जेष्ठ १०, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २० जनामा कोरोना संक्रमणको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५ सय ७ पुगेको छ । पछिल्लो अध्यावधिक विवरण अनुसार समय थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका..