सरकारले स्वदेशमै रोजगारी सिर्जना गर्ने शिक्षा ल्याउँछ : राष्ट्रपति भण्डारी

शुक्रबार, फाल्गुन १६, २०७६ मा प्रकाशित

बैतडी/दार्चला । राष्ट्रपति विद्यादेवी भण्डारीले बैतडीको पाटनमा रहेको भीमदत्त प्रावधिक शिक्षालयको नवनिर्मित भवन र छात्राबास भवनको उद्घाटन गरेकी छन्। शिक्षालयको उद्घाटन गर्दै भण्डारीले स्वदेशमै रोजगारी सिर्जना गर्ने खालको शिक्षातर्फ सरकार लागेको बताइन्। ‘प्राविधिक शिक्षाले यूवाहरुलाई..

कक्षा १० मा पढ्ने खड्काले आफैँले बनाएको गाडी चलाएरै देखाए

बिहिबार, फाल्गुन १५, २०७६ मा प्रकाशित

कास्की । आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक..

स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

बुधबार, फाल्गुन ७, २०७६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरेको छ । आगामी फागुन १४ गते तोकिएको स्ववियुको निर्वाचन अनिश्चितकालसम्मका लागि स्थगित गर्ने सूचना आएको त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जानकारी दिएको हो । स्ववियू निर्वाचनका लागि..

टिपरको ठक्करबाट दुई विद्यार्थीको मृत्यु

आइतवार, फाल्गुन ४, २०७६ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–४ को विराटनगर–धरान सडक खण्डमा टिपरको ठक्करबाट दुई जना मोटरसाइकलमा सवार विद्यार्थीको आज मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१प १६०८ नं को मोटरसाइकललाई महानगर..

१२ सम्मका पाठ्यक्रम परिवर्तन हुँदै -अनिवार्य विषयबाट गणित हट्यो, गणित हटाइएकोमा विज्ञहरुद्वारा आपत्ति

मङ्लबार, माघ २८, २०७६ मा प्रकाशित

काठमाडौँ । आगामी शैक्षिक सत्रदेखि विद्यालय तहका सम्पूर्ण विषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । पाठ्यक्रम विकासकेन्द्रले सबै कक्षाका पाठ्यक्रमका प्रारुप तयार गरिसकेको छ । पहिलो चरणमा शैक्षिक सत्र ०७७\ ७८ मा कक्षा १ र १२ को पाठ्यक्रम परिवर्तन हुनेछ । दोस्रो चरणमा कक्षा २,३,६ र १२ को परिवर्तन हुनेछ..

प्राविधिक शिक्षामा जोड दिनुपर्छ : तिमिल्सिना

मङ्लबार, माघ २१, २०७६ मा प्रकाशित

चितवन । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शिक्षामा विविधिकरणको आवश्यकता रहेको बताएका छन् । भरतपुर महानगरपालिका–६ पारसनगरमा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको आज आयोजित स्वर्ण महोत्सवको समापन समारोहमा उनले विद्यार्थीको रुचिअनुसार शिक्षालाई वर्गीकरण गर्नु आवश्यक रहेको बताए..

विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित

आइतवार, माघ ५, २०७६ मा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तय गरेसँगै प्रमुख विद्यार्थी सङ्गठन शैक्षिक मुद्दामा केन्द्रित हुन थालेका छन् । मातृ पार्टीका राजनीतिक मुद्दा र गुट उपगुटमा अलमलिएका विद्यार्थी सङ्गठनले निर्वाचनको तयारीले शिक्षाका..

त्रिविले गर्यो नतिजा प्रकाशित (अनलाइन यसरी हेर्नुहोस्)

मङ्लबार, पुस २९, २०७६ मा प्रकाशित

काठमाडौं । लामो समय देखि चर्चामा रहेको परीक्षाफल त्रिविले नतिजा प्रकाशित गरेको छ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको नतिजा सार्वजनिक गरेको हो । त्रिविले २०७६ साल जेठ–असार महिनामा संचालित ३ बर्षे बीए तेस्रो बर्षको परीक्षाफल सार्वजनिक गरेको जानकारी दिएको छ । यो सँगै त्रिविले स्नातकोत्तर तहको..

सामुदायिक विद्यालयका छात्रालाई प्याड वितरण गर्न १ अर्ब २७ करोड बजेट

आइतवार, पुस २७, २०७६ मा प्रकाशित

काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई नि:शुल्क सेनिटरी प्याड वितरणको कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिकासँग समन्यव गर्दै ललितपुरको सिद्धिमंगल माध्यमिक विद्यालय ललितपुरबाट निशुल्क सेनिटरी..

खुसिको खबर : अस्ट्रेलिया पढ्न जादै हुनुहुन्छ ? VIEC Nepal ले ल्यायो यस्तो अफर

शनिबार, पुस १९, २०७६ मा प्रकाशित

अस्ट्रेलियामा उच्च अध्यनका लागि जान चाहने विद्यार्थीलाई ध्यानमा राखेर VIEC ले होटल र्याडिसनमा यहि आउदो जनवरी १० तारिकमा ११ बजे देखि ४ बजे सम्म अस्ट्रेलियन फेयरको आयोजना गरेको छ । ‘यतिखेर अस्ट्रेलिया नेपाली विद्यार्थीका लागि उच्च अध्यनको आकर्षणको केन्द्र बनिरहेको बेला विद्यार्थीको हितमा रहेर..

चिकित्सा शिक्षाको स्नातक तहमा भर्ना प्रक्रिया शुरु गर्न आयोगको निर्देशन

सोमवार, पुस १४, २०७६ मा प्रकाशित

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शैक्षिक शत्रका लागि भर्ना प्रक्रिया अघि बढाउन त्रिभुवन विश्व विद्यालय, काठमाडौं विश्व विद्यालय, प्रतिष्ठान तथा मेडिकल कलेजहरुलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार एक विज्ञाप्ति जारी गर्दै विश्व विद्यालय र प्रतिष्ठानलाई..

महाराजा माध्यमिक विद्यालय नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन्

आइतवार, पुस १३, २०७६ मा प्रकाशित

नेपालगञ्ज । चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका..

एसईईको परीक्षा तालिका सार्वजनिक

मङ्लबार, पुस १, २०७६ मा प्रकाशित

काठमाडौं । २०७६ को माध्यमिक शिक्षा परीक्षा एसइइ आगामी चैत ६ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा तालिका सार्वजनिक गर्दै आगामी चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । बोर्डका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७..

जापानमा कामदार पठाउन लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक

बुधबार, मंसिर २५, २०७६ मा प्रकाशित

वैदेशिक रोजगारीका लागि आर्कषक श्रम गन्तव्य मुलुक जापानमा नर्सिङ केयरमा नेपाली कामदार पठाउन लिइएको जापानी भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको सो भाषा परीक्षामा जम्मा ५६ जना परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् । पहिलो चरणमा नेपालबाट जापान श्रमिक लैजान गत अक्टोबर र..

उत्तरपुस्तिका साटेको आरोपमा त्रिविका कर्मचारीसहित ४ जनाविरुद्ध मुद्दा

सोमवार, मंसिर २३, २०७६ मा प्रकाशित

काठमाडौं । सामान्यताः परीक्षाको आफ्नै मर्यादा हुन्छ । तह उत्तीर्ण गर्ने तथा गराउने सन्दर्भमा लिइने परीक्षाको मानक पनि कानून र विधिले निर्धारण गरेको हुन्छ । परीक्षा लिने निकायमा संलग्न व्यक्तिले नै बदमासी गर्लान् भनेर कल्पना समेत गर्न सकिँदैन । तर देशकै ठूलो र पहिलो विश्वविद्यालय त्रिभुवन..