एमसीसीबारे छलफल गर्न आइतबार नेकपा सचिवालय बैठक बस्दै

आइतवार, जेष्ठ ३२, २०७७ मा प्रकाशित

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले आइतबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक बोलाएको छ । एमसीसीका विषयमा छलफलका लागि बैठक बोलाइएको जनाइएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो गरिएको छ। बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा तय भएको छ। एमसीसीका विषयमा..

संविधान संशोधन विधेयक सर्वसम्मत पारित

आइतवार, जेष्ठ ३२, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालको परिमार्जित नक्सासहितको निशान छाप संविधानमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक सर्वसम्मत पारित भएको छ । शनिबार प्रतिनिधिसभाले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतले पारित गरेको हो । संशोधन विधेयक कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको..

नेविसंघका कार्यकर्ता पक्राउ

आइतवार, जेष्ठ ३२, २०७७ मा प्रकाशित

पर्सा । कोरोना महामारी नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारले जनआपेक्षा काम नगरेको भन्दै विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउ परेका छन् । विरोधमा उत्रिएका नेविसंघ पर्साका अध्यक्षसहित ६ जना नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई जिल्ला प्रहरी..

करसम्बन्धी अन्तरिम आदेश खारेजीको माग गर्दै सरकार पुग्यो सर्वोच्च

शनिबार, जेष्ठ ३१, २०७७ मा प्रकाशित

काठमाडौं। ‘लकडाउन’ खुलेको ३० दिनभित्र कर बुझाए हुने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग राख्दै अर्थ मन्त्रालय र आन्तरिक राजश्व कार्यालयले भ्याकेटको निवेदन दर्ता गराएका छन्। महान्यायाधीवक्ता कार्यालयमार्फत् भ्याकेट (पुनरावलोकन निवेदन) हालेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र..

ओली–प्रचण्ड भेटवार्ता, आइतवार सचिवालय बैठक बोलाउने सल्लाह

शनिबार, जेष्ठ ३१, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज साँझ भेटवार्ता भएको छ । दुबै अध्यक्षबीचको भेटवार्तामा आइतवार सचिवालय बैठक बोलाउने छलफल भएको बताइएको छ । नेकपा सचिवालय बैठकमा एमसीसी सम्झौतालाई लिएर नेताहरुबीच मतभेद रहेको छ ।..

धर्ना र जुलुसका लागि सामाजिक सञ्जालबाट भइरहेको आव्हानप्रति गृहको ध्यानाकर्षण

शुक्रबार, जेष्ठ ३०, २०७७ मा प्रकाशित

काठमाडौं । विगत केही दिन अगाडिदेखि सामाजिक सञ्जालबाट धर्ना र जुलुसका लागि गरिने अव्हानप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता केदारनाथ शर्माले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न बहाना र माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित..

बन्दाबन्दी खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू : सर्वोच्च

शुक्रबार, जेष्ठ ३०, २०७७ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक ३०..

मन्त्रिपरिषदको निर्णय : कार्यालय दुई सिफ्टमा खुल्ने, निजी सवारी साधनमा जोर-बिजोर प्रणाली

शुक्रबार, जेष्ठ ३०, २०७७ मा प्रकाशित

काठमाडौं। सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जारी लकडाउन केही खुकोलो बनाउँदै निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले निजी सवारी साधन जोर- बिजोर प्रणालीका आधारमा..

संशोधन प्रस्ताव फिर्ता नलिए सांसद सरिता गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी

बिहिबार, जेष्ठ २९, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले प्रस्ताव गरेको संविधान संशोधन विधेयक खारेज गर्न सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन उनी आवद्ध पार्टी जनता समाजवादी पार्टीले निर्देशन दिएको छ । फिर्ता नलिए कारवाही गर्ने पार्टीले चेतावनी समेत दिएको छ । सांसद गिरीले बुधबार सरकारले लिम्पियाधुरा, लिपुलेक र..

पसल खुल्ने, निजी सवारीसाधन जोरबिजोरका आधारमा चल्न दिने मन्त्रिपरिषद्को निर्णय

बिहिबार, जेष्ठ २९, २०७७ मा प्रकाशित

काठमाडौं। मन्त्रिपरिषद्को वुधबार बसेको बैठकले लकडाउनको मोडालिटी परिमार्जन गरेर क्रमशः चरणबद्ध रुपमा खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । मन्त्रिहरुको सुझावलाईसमेत ध्यानमा राखेर परिमार्जित मोडालिटीलाई प्रधानमन्त्री केपी ओलीले विहीबार बिहान अन्तिम रुप दिएपछि दिउँसो ३ बजे पत्रकार सम्मेलनमा..

कोरोनाविरुद्ध सुरक्षा निकाय अग्रपङ्तिमा

बुधबार, जेष्ठ २८, २०७७ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकाय अग्रपङ्तिमा उभिएर कोभिड–१९ विरुद्ध लडिरहेको बताएका छन् । प्रतिनिधिसभाको  बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन विधेयक, २०७७ मा उठेको प्रश्नको जवाफ दिदै उनले कोरोनाबाट उत्पन्न परिस्थितिको चुनौती सामना गर्न सुरक्षा निकायको भूमिका..

संविधान संशोधन विधेयक सर्वसम्मतिले स्वीकृत

बुधबार, जेष्ठ २८, २०७७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदले एकै स्वरले समर्थनसहित सैद्धान्तिक छलफल समाप्त भएपछि सभामुख अग्निप्रसाद सापकोटाले स्वीकृतिका लागि निर्णयार्थ..

भ्रष्टाचार प्रमाणित भए राजनीतिबाट सन्यास लिन्छु : श्रममन्त्री यादव

मङ्लबार, जेष्ठ २७, २०७७ मा प्रकाशित

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले भ्रष्टाचार गरेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयगत विनियोजित शीर्षकहरुमाथि भएको छलफलमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले..

स्वास्थ्य मन्त्रालयले २ अर्ब ९२ करोड खर्च गर्यो, पिसिआर परीक्षण धेरै गर्न सक्दैनौँ : स्वास्थ्यमन्त्री ढकाल

मङ्लबार, जेष्ठ २७, २०७७ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना महामारी नियन्त्रणका लागि आफ्नो मन्त्रालयले मात्रै २ अर्ब ९२ करोड ५५ लाख ७९ हजार रुपैयाँ खर्च गरेको बताएका छन् । सांसदहरुले १० अर्ब रुपैयाँको खर्चको कुरा उठाएपछि मन्त्री ढकालले आफ्नो मन्त्रालयले खर्चका विभिन्न सूची प्रस्तुत गरेका..

कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुग्यो

सोमवार, जेष्ठ २६, २०७७ मा प्रकाशित

नेपालमा आइतबार थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ३ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । आइतबार थपिएका..