थारू होेमस्टेमा पर्यटकको आकर्षण बढ्दो

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

रत्ननगर (चितवन),   बैशाख  चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने  थारू होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । घरेलु वातावरण र थारूको परिकारमा रमाउनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् ।  चितवनको तराई भूपरिधि (ताल) कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टेले एक वर्ष नपुग्दै करिब आठ हजार..

गृहमन्त्रीको विवादित अभिव्यक्ति

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले 'फुटपाथ' ब्यवसायीले आफ्ना विरुद्ध गरेको नाराबाजी प्रति रोष प्रकट गर्दै स्थानिय विकास मन्त्रालयको समेत जिम्मेवारीमा रहेका अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहविरुद्ध त्यस्तो नारा लगाउन सुझाव दिएका छन् । 'मानिस हिड्का लागि करौडौको लगानीमा निर्माण भएको सडक..

एमाओवादीको प्रथम जिल्ला अधिवेशन सम्पन्न

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

हुम्ला, ११ वैशाख । हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने सर्किदेउ गाउँ विकास समितिको उनापानीमा एमाओवादीको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । पूर्व सहायक मन्त्री छक्कबहादुर लामाले अधिवेशनको उद्घाटन गर्दै गरिब जनताका छोराछोरीलाई शिक्षा र स्वास्थ्य सेवा निःशुल्क दिनुपर्ने बताउनुभयो । सो..

तरुण दलको महाधिवेशन अर्को महिना गर्न माग

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

काठमाडौँ, ११ वैशाख । नेपाल तरुण दलका केन्द्रीय सदस्यहरुले आगामी जेठ मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न तरुणदल नेतृत्वसमक्ष माग गरेका छन् । बुधबार आयोजित कार्यक्रममा ती सदस्यहरुले महाधिवेशनको कार्यतालिकासहितको कार्यक्रम सात दिनभित्र घोषणा गर्न माग गरेका हुन् । केन्द्रीय समितिका २३ जना सदस्यले..

म्याग्दीमा तीन हजार पाँच सय निरक्षर

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

म्याग्दी, ११ वैशाख । जिल्लामा अझै तीन हजार ५०० भन्दा बढी निरक्षर रहेको पाइएको छ । जिल्लाको ४१ गाविसमा १५ देखि ६० वर्ष उमेर समूहका गरी तीन हजार ६९२ जना निरक्षर रहेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा एक हजारभन्दा बढीलाई साक्षर..

एमाओवादी म्याग्दीको अध्यक्षमा घिमिरे निर्वाचित

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

बाबियाचौर (म्याग्दी), ११ वैशाख । एकीकृत नेकपा (माओवादी) म्याग्दीको बुधबार राति बेनीमा सम्पन्न तेस्रो जिल्ला सम्मेलनले चन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ३० सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सर्वसहमतिमा निर्वाचित समितिको उपाध्यक्षमा गोविन्द पौडेल, सचिवमा देवराज सुवेदी, सहसचिवमा पुस्कर विक र..

पर्साका सुनचाँदी पसलहरु सञ्चालनमा आए

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

वीरगन्ज (पर्सा), ११ वैशाख । सुनचा“दी व्यवसायी सङ्घ पर्साको आन्दोलनका कारण चार गत दिनदेखि ठप्प रहेका यहाँको सुनचाँदी पसलहरु बुधबारबाट सञ्चालनमा आएका छन् । पर्सा प्रहरीले वैध चाँदीलाई अवैध बनाई जबर्जस्ती व्यापारीलाई फसाउने षड्यन्त्र गरेको भन्दै व्यवसायी सङ्घले चार दिनदेखि पर्साको सम्पूर्ण..

दाङका ७४ भुँसे इट्टा उद्योग बन्द गर्न निर्देशन

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

१० बैशाख, दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङले मापदण्ड विपरित सञ्चालन भएका जिल्लाका ७४ वटा भुँसे इँटा उद्योगलाई एक हप्ता भित्र बन्द गर्न निर्देशन दिएको छ । कार्यालयले बुधवार विज्ञप्ति गरी मापदण्ड बिपरित सञ्चालन भएका ७४ इँट्टा उद्योगहरुलाई एक हप्ता भित्र बन्द गर्न निर्देशन दिएको हो । औद्योगिक..

कनिष्ठलाई सर्वोच्चमा सिफारिस गरेको भन्दै मुख्य न्यायाधीशद्वारा राजीनामा

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

१० बैशाख, काठमाडौं । सर्वोच्च अदालतका स्थायी न्यायाधीशका लागि न्याय परिषद्ले गरेको सिफारिसप्रति असन्तुष्टी जनाउँदै पुनरावेदन अदालत जुम्लाका मुख्य न्यायाधीश एकराज आचार्यले राजीनामा दिएका छन् । उनको कार्यकाल केही दिन मात्र बाँकी छ । काजमा सर्वोच्च अदालतमा कार्यरत आचार्यले बुधबार प्रधानन्यायाधीश..

सरकारले बैदेसिक सहायता नीति ल्याउने तयारी

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाडौँ, १० बैशाख  सरकारले बैदेसिक सहायता नीति ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा रामशरण महतले देशको राष्ट्रिय प्रणालीभन्दा बाहिर रहेर वैदेशिक सहयोग आउने गरेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि राज्यले नयाँ वैदेशिक सहायता नीति ल्याउन लागेको बताएका हुन् । अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय..

बलात्कार गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छ : उर्जा मन्त्री

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाडौ ,१० वैशाख । ऊर्जा मन्त्री राधा ज्ञवालीले बलात्कारलगायतका जघन्य महिला हिंसाका दोषीलाई मृत्युदण्डसम्मको सजाय हुनुपर्ने बताएकी छन् । मुलुकमा बलात्कारका घटनाहरु बढिरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले बलत्कारमा संलग्नहरुलाई कडा सजायको विकल्प नभएको बताइन् । आज राजधानीमा अयोजित लैंगिक..

आङ साङ सुकी नेपाल आउने

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काठमाण्डौ, वैशाख । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी आगामी जेठ ३१ गते नेपाल भ्रमणमा आउन लागेकी छन् । बीपी कोइरालाको शतवार्षिकी कार्यक्रममा प्रमुख वक्ताका रूपमा उनी यहाँ आउन लागेकी हुन् । नोबेल शान्ति पुरस्कार विजेता सुकीले बीपीको सिद्धान्त र अहिलेको दक्षिण तथा पूर्वी एसियाली मुलुकको..

पत्‍नीसहित दाहाल नमोबुद्ध रिसोर्टमा

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

काभ्रेपलाञ्चोक , १० वैशाख  । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पत्‍नी सीतासहित काभ्रेपलाञ्चोकको नमोबुद्ध रिसोर्ट पुगेका छन्। पार्टीको राष्ट्रिय सम्मेलनका लागि राजनीतिक दस्तावेज लेख्‍न भन्दै अध्यक्ष दाहाल नमोबुद्धको कानोडाँडामा अवस्थित रिसोर्टमा पुगेका हुन्। नमोबुद्ध रिसोर्ट रुडिगर होल्चरका..

कारागार सुरक्षा प्रमुखद्धारा आत्महत्याको प्रयास

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

नुवाकोट, १० वैशाख  ।  जिल्ला कारागार नुवाकोटको सुरक्षामा खटिएका प्रहरीहरुबीच झडप भएको दुईदिनपछि कारागार सुरक्षा प्रमुखले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् । मंगलबार विहान कारागार सुरक्षा प्रमुख असई छविराम नेपालले विष सेवन गरेर आत्महत्याको प्रयास गरेका हुन् । विष सेवनबाट घाइते भएका..

सरकार अहिलेसम्मकै निरिह : रायमाझी

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

अर्घाखाँची, १० वैशाख । एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले वर्तमान सरकार अहिलेसम्मकै निरिह भएको आरोप लगाउनुभएको छ । राष्ट्रपतिको समर्थन र बिपक्षी दलबाट चर्को बिरोध नहुँदा पनि सरकारले कुनै पनि बिषयमा ठोस निर्णय गर्न नसक्नुले सरकार निरिह भएको प्रमाणित गरेको उहाँले बताउनुभयो । सदरमुकाम..