नेकपा स्थायी कमिटी : कुन नेता कुन समूहमा ?

शुक्रबार, असार १२, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक समीकरण बेलाबेलामा परिवर्तन भए पनि पूर्व समूहप्रति नेताहरु प्रतिवद्ध देखिएका छन् । बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकको तयारीमा नेताहरु पूर्व समूहप्रति नै प्रतिवद्ध देखिएका छन् । शुक्रबारदेखि एजेण्डामा छलफल हुने स्थायी कमिटीको..

प्रधानमन्त्री ओली बोल्दै गर्दा वरिष्ठ नेता नेपालले भने, ‘गुणगान सुनेर कानै दुखिसक्यो’

बिहिबार, असार ११, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट जनताको भावना अनुसार काम भएको बताएका छन् । पार्टीको स्थायी कमिटी बैठकमा बोल्दै उनले सरकारले राम्रो काम गरेको भन्दै सरकारको बचाउ गरे । एक स्थायी समिति सदस्यका अनुसार बैठकमा ओलीले भने, 'सरकारले राम्रो काम..

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाटः काेराेना महामारीदेखि वातावरण विनाशसम्मकाे चिन्ता

बिहिबार, असार ११, २०७७ मा प्रकाशित

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छन् । राष्ट्रपति भवन शीतल निवासमा  भएको..

सांसदको प्रश्नः मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?

बुधबार, असार १०, २०७७ मा प्रकाशित

काठमाडौं । मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । उनीहरुले कुल..

बैठक एजेण्डाबिहीन, यस्तो छ दुवै पक्षको तयारी

बुधबार, असार १०, २०७७ मा प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले बैठकका एजेण्डा तय गर्न सकेका छैनन् । प्रधानमन्त्रीसमेत रहेका ओलीले कोरोनाविरुद्धको अभियानमै बैठक केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् भने..

लोकसेवा आयोग विधेयक सर्वसम्मतिले पारित

बुधबार, असार १०, २०७७ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले ‘लोकसेवा आयोग विधेयक, २०७६’ लाई सर्वसम्मतिले पारित गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको उक्त विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो । विधेयकका सम्बन्धमा..

काठमाडौं बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य

मङ्लबार, असार ९, २०७७ मा प्रकाशित

काठमाडौं। अब काठमाडौँ बाहिर जान पनि स्थानीय तहको सिफारिस अनिवार्य चाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेर उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो। स्थानीय..

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना पुष्टि

मङ्लबार, असार ९, २०७७ मा प्रकाशित

कैलाली। कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ । लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टिनमा राखेर घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले..

मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँः प्रधानमन्त्री

सोमवार, असार ८, २०७७ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन् ।अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय..

कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो : विभिन्न जिल्लामा थप ४२१ जनामा संक्रमण

सोमवार, असार ८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ९ हजार नाघेको छ । आज विभिन्न जिल्लामा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय २१ जनामा संक्रमण देखिएको जानकारी दिए । देशभर..

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि दिने प्रस्ताव संसदीय समितिबाट पारित

सोमवार, असार ८, २०७७ मा प्रकाशित

काठमाडौं। नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार ७ वर्ष नेपालमा बसेपछि मात्रै अंगीकृत नागरिकता दिने गरी नागरिकता ऐनमा संशोधन गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृतलाई सात वर्षपछिमात्र नागरिकता दिने प्रस्ताव..

भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित पुग्नसक्ने – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

आइतवार, असार ७, २०७७ मा प्रकाशित

कोरोना भाइरस (कोभिड-१९) ले महामारीको रुप लिए आगामी भदौ पहिलो सातासम्म ३९ हजार संक्रमित हुनसक्ने आंकलन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ । ट्राभल हिस्टी नभएकाहरुमा पनि संक्रमण देखिन थालेको छ । साथै कतिपयमा मृत्यु भइसकेपछि मात्र कोरोना संक्रमण पुष्टि भएका छन् । त्यसैले कोरोना संक्रमणले कस्तो..

नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता

आइतवार, असार ७, २०७७ मा प्रकाशित

काठमाडौँ । नेकपाले  नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको छ। शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले नेपालीसँग बिहे गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने निर्णय गरेको हो । ‘नेपाली पुरुष..

संसद विकास कोषको खर्च नभएको रकम सरकारले कोरोना नियन्त्रणमा खर्च गर्ने सरकारको निर्णय

शनिबार, असार ६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा खर्च नभएको रकम कोभिड–१९ रोकथाम तथा उपचारका लागि खर्च गर्न सक्ने निर्णय गरेको छ । अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले असार २ गतेको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको रकम सम्बन्धित..

लकडाउनलाई व्यवस्थित गर्ने नयाँ सुरक्षा मापदण्ड : के गर्ने, के नगर्ने ? (सूचीसहित)

शनिबार, असार ६, २०७७ मा प्रकाशित

काठमाडौं । सरकारले लकडाउनलाई व्यवस्थित गर्न नयाँ सुरक्षा मापदण्ड सार्वजनिक गरेको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ मापदण्ड अनुसार अब राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । मन्त्रालयले शुक्रबार जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा..