नयाँ योजनालाई बजेट छुट्याउन सकिन्न : गभर्नर अधिकारी

शनिबार, बैशाख २०, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले अहिलेको परिस्थितिमा नयाँ योजनालाई बजेट छुट्याउन नसकिने बताएको छ । हिजोका योजनाहरु अगाडि बढाउन अहिलेको स्रोत र सीमाहरु अर्याप्त रहेकाले नयाँ योजनकालागि बजेट छुट्याउन सक्ने अवस्था नभएको बैंकले बताएको छ । पाइप लाइनमा रहेका योजनाहरुलाई प्राथमिकतामा राखेर अगाडि..

अग्रवाल तारेखमा छुटे

शुक्रबार, बैशाख १९, २०७७ मा प्रकाशित

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई तारेखमा छाडेको छ । कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाललाई बिहीबार नै जिल्ला अदालत, काठमाडौंले २५ लाख ५० हजार धरौटीमा छाडेको थियो । तर, अदालत परिसरबाटै प्रहरीले पक्राउ गरी उनलाई सम्पत्ति शुद्धीकरण विभागमा बुझाएको थियो..

विकास निर्माणका कामलाई सञ्चालन गर्न सरकारलाई निर्देशन

बिहिबार, बैशाख १८, २०७७ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आयोजना स्थलमा क्वारेन्टाइनको व्यवस्था गरी विकास निर्माणका कामलाई सञ्चालन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजना र अन्य विकास आयोजनाहरुको काम सञ्चालन गर्न आयोजना स्थलमा..

मन्त्रालयले सोध्यो रेडियो नेपालका कार्यकारी निर्देशक कार्कीसँग प्रष्टिकरण

बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले रेडियो नेपालका कार्यकारी निर्देशक सुरेश कार्कीसँग प्रष्टिकरण सोधेको छ। सोमबार बिहान जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईसँग नवराज लम्सालले लिएको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक शब्द प्रयोग भएको भन्दै स्पष्टिकरण..

दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

बुधबार, बैशाख १७, २०७७ मा प्रकाशित

काठमाडौं- केन्द्रीय बैंकले कोभिड–१९ बाट ऋणीमा परेको असर न्यूनीकरण गर्न ब्याजदरमा दुई प्रतिशत छुट दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोनाबाट प्रभावित व्यवसायीलाई गत चैत मसान्तमा कायम ब्याजमा छुट दिन निर्देशन दिएको हो । बैंकका अनुसार अब कर्जा..

रेडियो नेपालले हटायो डा. भट्टराईसँगकाे अन्तर्वार्ता

मङ्लबार, बैशाख १६, २०७७ मा प्रकाशित

काठमाडौं । रेडियो नेपालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग लिइएको अन्तर्वार्ता हटाएको छ। सोमबार बिहान साढे ६ बजे प्रत्यक्ष प्रसारण भएको डा. भट्टराईसँगको अन्तरसंवाद कार्यक्रमको हटाएको हो । समचार प्रमुख डा. नवराज लम्सालले भट्टराईसँग कुराकानी गरेका थिए। जनता समाजवादी पार्टीका नेता समेत..

बढी मूल्य लिएको पाइएपछि भाटभटेनीलाई तीन लाख जरिवाना

मङ्लबार, बैशाख १६, २०७७ मा प्रकाशित

काठमाडौं । दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई रु तीन लाख जरिवाना गरेको छ । विभागको टोलीले गरेको अनुगमनका क्रममा टङ्गालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई..

चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने राष्ट्र बैंकको घोषणा

सोमवार, बैशाख १५, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैकले चौथो त्रैमासमा तिर्नुपर्ने व्याजमा सहुलियत दिने घोषणा गरेको छ । नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकउत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले लिखित सम्बोधन गर्दै व्याजमा सहुलियत दिने घोषणा गरेका हुन् । केन्द्रीय बैकले कोरोना प्रभावित क्षेत्रलाई चालू पूँजी कर्जा..

राेल्पामा खाद्य बैंक स्थापनाको तयारी

आइतवार, बैशाख १४, २०७७ मा प्रकाशित

राेल्पा । कोरोना भाइरसको संक्रमण र भविष्यमा आउन सक्ने विपद्लाई लक्ष्य गरी यहाँका स्थानीय तहले खाद्य बैंक स्थापना गर्ने भएका छन । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णयानुसार सबै स्थानीय तहले कोरोनाको कहरसँगै वर्षात्मा हुन सक्ने विपद्को जोखिमबाट बच्न पूर्वतयारीस्वरुप खाद्य बैंक स्थापना..

सातै प्रदेशका विज्ञान प्रविधि मन्त्रीहरूबीच अनलाइन वार्ता

शनिबार, बैशाख १३, २०७७ मा प्रकाशित

काठमाडाैं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा सातवटै प्रदेशका विज्ञान तथा प्रविधि विषय हेर्ने मन्त्रीहरु बीचमा अनलाइन बैठक भएकाे छ । काेराेनाभाइरस संक्रमणको महामारीको विषयलाई केन्द्रमा राखी आगामि दिनमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई कसरी अगाडी वढाउन सकिन्छ भन्ने विषयमा..

बैंकहरुले घटाए कर्जाको ब्याजदर

बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर घटाएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवका ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा कर्जाको भारित औसत ब्याजदर ११.८० प्रतिशत रहेको उल्लेख छ । गत आवमा..

केरा खाने र बच्चालाई खुवाउने गर्नु भएको छ

मङ्लबार, बैशाख ९, २०७७ मा प्रकाशित

मुटुसम्बन्धी समस्यादेखि मासिक धर्मको अनियमितता, कब्जियत, छाती पोल्ने समस्या र शरीरका अन्य स्वास्थ्यसँग सम्बन्धित समस्याको समाधानका लागि केराले निकै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । केराले तत्काल ऊर्जा दिन्छ । त्यही भएर कमजोर हुनेबित्तिकै केरा खान सल्लाह दिइन्छ । यही भएर विश्वका प्रख्यात..

परिवार दलले दियो पत्रकार महासंघलाई सुरक्षा सामाग्री

सोमवार, बैशाख ८, २०७७ मा प्रकाशित

काठमाण्डौ । नेपाल परिवार दलले विश्वभर फैलिएको कोरोना भाइसरले सत्य तथ्य खबर सम्प्रेषणका लागी फिल्डमा खटिने पत्रकारहरुका लागी आवश्यक पर्ने सुरक्षा सामग्री पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघलाई प्रदान गरेको छ । आईतबार पत्रकार महासंघको कार्यलयमा नेपाल परिवार दलका अध्यक्ष एवम्..

५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट छापिने

सोमवार, बैशाख ८, २०७७ मा प्रकाशित

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ र १० रुपैयाँ दरको ६४ करोड थान नयाँ नोट चीनमा छाप्ने भएको छ । राष्ट्र बैंकले यसका लागि चीनको एक प्रिन्टिङ प्रेस कम्पनीसँग खरिद सम्झौता पनि गरिसकेको छ । बैंकले ५ रुपैयाँ दरका ३० करोड थान नोट र १० रुपैयाँ दरका नोट ३४ करोड थान छाप्न ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड..

थर्मल गन कालो बजारी अग्रवाल जोगाउन भीआईपीको चर्को दबाब, अनुसन्धानमा अलमल हुँदै

सोमवार, बैशाख ८, २०७७ मा प्रकाशित

काठमाडौं । कोरोना भाइरस संक्रमणको मौका छोपी ज्वरो नाप्ने थर्मल गन कालो बजारी गरेको आरोपमा रंगेहात पक्राउ परेका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालको मुद्दा कमजोर बनाउन प्रहरी, सरकारी वकिल र जिल्ला प्रशासनका पदाधिकारीमाथि भीआईपीबाटै तीव्र दबाब आइरहेको पाइएको छ । अग्रवाल गत २५ चैतमा कूटनीतिक..