थारू होेमस्टेमा पर्यटकको आकर्षण बढ्दो

रत्ननगर (चितवन),   बैशाख  चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने  थारू होमस्टे पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । घरेलु वातावरण र थारूको परिकारमा रमाउनका लागि पर्यटकहरू यहाँ आउने गरेका छन् ।  चितवनको तराई भूपरिधि (ताल) कार्यक्रमको सहयोगमा सञ्चालित होमस्टेले एक वर्ष नपुग्दै करिब आठ हजार पर्यटक भित्र्याउन सफल भएको महतोले बताए । 10153276_10202938617602189_3671583955576957611_nहोमस्टेबाट अहिलेसम्म रु २४ लाख रकम आम्दानी भएको र सो रकमको १० प्रतिशत होमस्टे सञ्चालनका लागि खर्च गर्ने गरिएको महतोको भनाइ छ । अतिविपन्न समुदाय जङ्गलमा आश्रित हुन नपरोस् र वनजङ्गल र वन्यजन्तुको संरक्षण होस् भन्ने उद्देश्यले होमस्टे सञ्चालनका लागि सहयोग गरेको ताल कार्यक्रमका प्रतिनिधि तथा चितवन निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामपृत यादवले बताए । होमस्टेमा बस्ने पर्यटकहरूलाई जङ्गल सफारी, गैँडा अवलोकन तथा नारायणीमा डुङ्गा सफारीसमेत गराइने गरिएको छ । यहाँको बोटे र थारू सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेर थारूहरूले पर्यटकलाई लोभ्याउने गरेका छन् ।

बिहिबार, बैशाख ११, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री