सरकारले बैदेसिक सहायता नीति ल्याउने तयारी

काठमाडौँ, १० बैशाख  सरकारले बैदेसिक सहायता नीति ल्याउने तयारी गरेको छ । अर्थमन्त्री डा रामशरण महतले देशको राष्ट्रिय प्रणालीभन्दा बाहिर रहेर वैदेशिक सहयोग आउने गरेकाले त्यसलाई न्यूनीकरण गर्नका लागि राज्यले नयाँ वैदेशिक सहायता नीति ल्याउन लागेको बताएका हुन् ।Dr Ram sharan mahat

अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाद्वारा प्रकाशित विकास सहायता प्रतिवेदन २०१२–१३ मंगलबार सार्वजनिक गर्दै उनले अन्तर्राष्ट्रिय सहायतालाई देशको बजेट प्रणालीभित्र ल्याउन प्रेरित गर्नुपर्ने बताए । महतले सन् २०१२–१३ मा करिब ९५ अर्ब भुक्तानी भएको र त्यसमा ३६ प्रतिशत बजेटभन्दा बाहिरबाट सहयोग आउने गरेको जानकारी दिए । उनले भने, “राष्ट्रको प्रणालीभन्दा बाहिरबाट गरिने सहायताले पुँजीगत खर्चमा असर पार्ने गरेको छ । त्यसलाई न्यूनीकरण गर्दै लैजानुपर्छ ।” उनले आउँदा दिनमा छरिएर रहेको सहायतालाई राज्यले केन्द्रिकृत गर्ने जानकारी दिए । उक्त प्रतिवेदनअनुसार समग्र सहायतामध्ये ४९ प्रतिशत बहुपक्षीय सहायता, ४१ प्रतिशत द्विपक्षीय सहायता र बाँकी १० प्रतिशत सहयोग चीन र भारतबाट प्राप्त भएको छ ।

प्रतिवेदनमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहायता समावेश गरिएको छैन । बहुराष्ट्रिय सहयोगमा विश्व बैंक, एसियाली विकास बैंक र संयुक्त राष्ट्र सङ्घ समूह प्रमुख रहेका छन् । त्यसैगरी द्विपक्षीय सहयोगमा बेलायत, अमेरिकी सहयोग नियोग, जापान, भारत र स्विट्जरल्यान्ड रहेका छन् ।

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री