मानिसहरुको झुट समात्न सकिने एप डिजाइन

(एजेन्सी)–भन्ने गरिन्छ कि कसैले झुट बोलेको थाहा पाउन धेरै अनुुभवको आवश्यकता हुन्छ तर अब स्मार्टफोनको प्रयोगले यो सजिलैसँग गर्न सकिने भएको छ । स्मार्टफोनका लागि एउटा यस्तो एप डिजाइन गरिएको छ जसले मानिसहरुको झुट समात्न सकिनेछ । यसले वास्तवमा नै त्यस्तो भाव पैदा गर्न मद्दत गर्दछ जसले गर्दा कसैले पनि झुटो बोलेको थाहा पाउन सकिने कुराको भान हुन्छ । ‘लाई डिटेक्टर’ नामको यो एप गुुगल प्ले बाट सित्तैमा डाउनलोड गर्न सकिनेछ । यो एपको मद्दत तपाईंले आफ्नो स्मार्टफोनमा साँच्चिकै लाई डिटेक्टर भएको विश्वास दिलाउन सक्नुहुनेछ ।lie-detector यो एपमा पहिलो लक स्क्रिन खोल्दा नै प्रयोगकर्ताको औंलाको स्क्यान गरिन्छ । स्क्यानिंग भइरहेको बेला फोन भाइब्रेट पनि हुन्छ जसबाट स्क्यानिङ साँच्चिकै भइरहेको भन्ने विश्वास दिलाउँछ । स्क्यान गर्नुभन्दा अगाडि तपाईंले एपको रिजल्ट आफैँले पनि बनाउन सक्नुहुनेछ । सेटिङ गरिसकेपछि एपले त्यहि नतिजा देखाउँछ जुन तपाईंले सेट गर्नुभएको हुन्छ । गुुगल प्लेमा यो एपलाई दश हजार मानिसहरुले इन्स्टल गरिसकेका छन् । यदि तपाईं पनि यो एप डाउनलोड गर्न चाहँदै हुनुहुन्छ भने त्यसको लागि तपाईंको स्मार्टफोनमा २.२ एन्ड्रोइड वा त्योभन्दा माथिको अपरेटिङ सिस्टम हुनु जरुरी छ । यो एप सबै प्रकारले झुटो एप हो जसको मद्दतले तपाईं जसलाई पनि मूर्ख बनाउन सक्नुहुनेछ ।

बुधबार, बैशाख १०, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री