१० किलो चाँदीसहित ३ पक्राउ

विराटनगर,९ वैशाख । प्रहरीले विराटनगरबाट अबैध चाँदी सहित ३ जनालाई पक्राउ गरि सार्वजनिक गरेकोे छ ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई रानीबाट पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारतको भेटियाही पञ्चायत वडा नं.०३ बथनाहाका ३६ बर्षिय पप्पु सोनी स्वर्णकार, निजको श्रीमती ३२ बर्षिय कन्चन कुमारी सोनी र १८ बर्षिय दिपक साह रहेको प्रहरी नायव निरीक्षक दिपक पोखरेलले जानकारी दिनुभयो ।
नेपालबाट भारततर्फ जांदै गरेका उनीहरुको साथबाट १० किलो अबैध चाँदी बरामद गरिएको हो । त्यस्तै उनीहरुले प्रयोग गरेको कार समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मङ्लबार, बैशाख ९, २०७१ मा प्रकाशित

सम्बन्धित सामाग्री