नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुईजनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा रहेको नेसनल मेडिकल कलेजमा उपचाररत ७० वर्षीय पुरुष र गण्डक अस्पतालमा उपचार गराइरहेका ६५ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

दुबैजनाको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा नतिजा पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले नागरिक खबरलाई जानकारी दिए ।

दुबैजना बिरामीको आज बिहान र दिउँसो मृत्यु भएको उपाध्यायले जानकारी दिए । एकजना कोरोना संक्रमित थिए भने अर्का व्यक्तिको मृत्यु भएपछि रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या नेपालमा ५१ पुगेको छ ।

बिहिबार, साउन १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री