आइतबार थपिए १३० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १८६१३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३० जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ७५ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको छ ।

आइतबारसम्म १७ हजार ९०३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ४४० जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ३३०० नमूनाको पिसीआर विधिबाट परीक्षण भएको छ । हालसम्म ३ लाख ४२ हजार ४५७ पिसिआर परीक्षण सम्पन्न भएको छ भने आरडिटी परीक्षणको संख्या ३ लाख १२ हजार ४०२ छ । चर्काे विराेध हुन थालेपछि अहिले आरडिटी परीक्षण गर्न भने बन्द गरिसकिएकाे छ ।

हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ४५ रहेको छ ।

सोमवार, साउन १२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री