पछिल्लो २४ घण्टामा १४७ नयाँ संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ४७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत आज गरिएको ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थपिएका १ सय ४७ जनासहित देशैभर संक्रमितको संख्या १८ हजार २ सय ४१ जना पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा १ सय ५६ जना कोरोना जितेर घर फर्किएका छन् । यस्तै देशभर क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् ।

संक्रमितमध्ये १२ हजार ८ सय ४० जना उपचारपछि घर फर्किएका छन् भने ४३ जनाको ज्यान गएको छ । अहिले देशभरमा एक्टिभ केस ५ हजार ३ सय ५८ रहेको छ ।

शुक्रबार, साउन ९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री