राष्ट्रपति भण्डारीद्वारा सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएकाे क्षतिप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छन् ।

बिहीबार अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्‍याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेकी छन् ।

शुक्रबार, असार २६, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री