कमरेडहरुलाई घिउ पचेन, गणतन्त्र नगुमोस्ः डा. भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ नेकपाभित्रको विवादले संसद र लोकतन्त्रलाई हानी गर्ने खतरा बढेको टिप्पणी गरेका छन् ।

बिहीबार अपराह्न एक ट्विट सन्देश सार्वजनिक गर्दै डा. भट्टराईले कुनै कुनै प्राणीलाई घिउ नपचेजस्तै नेकपालाई दुईतिहाइ नपचेको प्रतिक्रिया दिएका छन् ।

Dish_Home
नेकपालाई घिउ नपचेको अजिर्णताले संसद र लोकतन्त्रलाई हानी गर्ने खतरा बढेको उनको टिप्पणी छ ।

‘कुनैकुनै प्राणीलाई घिउ पच्दैन रे ! हाम्रा कमरेडहरूलाई पनि दुइतिहाइ करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ डा. भट्टराईले लेखेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा चैं बढी गम्भीर भो ! सबै सजग रहौं र खबरदारी गरौं, यत्रो त्यागरबलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् !’

शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री