संसद सचिवालयद्वारा संसद अधिवेशन अन्त्यको सूचना जारी

काठमाडौं । संसद सचिवालयले संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको चालु अधिवेशन आज बिहीबारबाटै अन्त्य भएको जानकारी दिएको छ ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले एक सूचना जारी टाँस गरी अधिवेशन अन्त्यको जानकारी दिएका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यसका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सफारिस अनुसार संसदका दुवै सदनको अधिवेशन अन्त्य गरेको जानकारी संसद सचिवालयमा पठाएको थिइन् ।

योसँगै प्रतिनिधिसभाको सोमबारका लागि तोकिएको बैठक समेत नहुने भएको छ ।

शुक्रबार, असार १९, २०७७ मा प्रकाशित

सम्बन्धित सामाग्री