राष्ट्रपति भण्डारीलाई साइकल चलाउन आउँदैन : प्रधानमन्त्री ओली

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई साइकल चलाउन नआउने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित ६९ औं मदन भण्डारी जयन्तीको अवसरमा आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

राष्ट्रपतिले १६ करोडको गाडी चढेको भन्दै हुने आलोचनालाई संकेत गर्दै उनले मदन भण्डारीकी धर्मपत्नीलाई साइकल चलाउन नआउने बताए । आफैँ महँगा गाडी चढ्नेहरुले राष्ट्रपतिको आलोचना गरेको उनको आरोप छ ।

‘स्विडेनको राजा साइकलमा हिँड्छन् । उनी सौखका लागि हिँड्छन् । उनी के गाडी नभएर साइकलमा हिँडेका हुन् ? स्कर्टिङ हुँदैन ? त्यो कुरा होइन,’ उनले भने, ‘स्कर्टिङ पनि हुन्छ, गाडी पनि हुन्छ । दरबार नजिकैको रेलवे स्टेसनमा साइकल लिएर जान्छन् यो सौखको कुरा हो ।’

सोमवार, असार १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री