तीनपटक पत्र पठाउँदा पनि भारतले चासो दिएन : परराष्ट्रमन्त्री ज्ञवाली

 

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई वार्ताका लागि तीनपटक पत्र पठाउँदा पनि चासो नदिएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले भारतसँग वार्ताका लागि पहला भइरहेको बताए ।

उनले गत नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो नदिएको बताए । यस्तै, परराष्ट्रमन्त्री ज्ञवालीले चीनले सीमा मिचेको भनेर पछिल्लो समय मिडियामा आएका समाचार फर्जी कागज बनाएर आएको प्रष्टीकरण दिए ।

आजको बैठकमा पछिल्लोपटक भारतसँग भएको सीमा विवादबारे छलफल भइरेको छ । बैठकमा स्थायी समिति सदस्यहरू अमृत बोहोरा, घनश्याम भुषाल, पम्फा भुषाल, बेदुराम भुषाल, लीलामणि पोखरेल र रघुवीर महासेठलगायतले आफ्नो धारणा राखिसकेका छन् ।

उनीहरू सबैले लिम्पियाधुरासम्म भूभाग समेटेर नक्सा जारी गर्नु राम्रो काम भएको भन्दै समस्या समाधानका लागि अब कूटनीति पहल पनि बढाउनु पर्ने बताएका एक सदस्यले बताए ।

शनिबार, असार १३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री