शिक्षक अभाव भएपछि गाउँपालिकाले नै गर्यो शिक्षक नियुक्त

ssapana44@gmail.com' jamuna aryal
५ पुष २०७५, बिहीबार १०:३३

नवलपरासी । सुस्ता गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा शिक्षक अभाव भएपछि गाउँपालिका आफैले दरबन्दि सिर्जना गरी शिक्षक नियुक्ति गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या र शैक्षिक गुणस्तरमा कमि देखिएपछि गाउँपालिकाले दरबन्दि ब्यबस्था गरेको हो ।

गाउँपालिकाले १९ वटा दरबन्दि सिर्जना गरेर करारमा शिक्षक नियुक्ति गरेको छ । गाउँपालिकाले १३ जना शिक्षकलाई आधारभुत तह र ६ जना शिक्षकलाई मावि तहमा करार नियुक्ति गरी १० वटा विद्यालयमा शिक्षक ब्यबस्थापन गरेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताएका हुन् । 


शिक्षकहरुका लागि आवश्यक तलव ब्यबस्थापन पनि गाउपालिका आफैले ब्यबस्थापन गर्ने गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । गाउँपालिकाको आन्तरिक स्रोतबाट शिक्षकहरुको तलवको ब्यबस्थापन गरेको पाण्डेले जानकारी गराएका छन् । 

सुस्ता गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधार गर्नका लागि गाउसभा मार्फत प्रस्तुत आर्थिक बर्ष २०७५–०७६ को बजेटमा समेत उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०