डा. गिरीको निधन: ओलीले आफु दुःखी भएको व्यक्त, ‘निष्ठावान राष्ट्रवादी नेता गुमाए’ कमल थापा

ssapana44@gmail.com' jamuna aryal
३ पुष २०७५, मंगलवार १०:४१

पुस ३, त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री डा. तुलसी गिरीको निधनले आफूलाई दुःख लागेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार सामाजिक सञ्जाल टि्वटरमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समेवेदना व्यक्त गर्दछु ।’ 
ओलीले लेखेका छन् ।

त्यसै गरी राप्रपा अध्यक्ष कमल थापाले वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको बताएका छन् । उनले आफूले पनि प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

मंगलबार थापाले शोक विज्ञप्तिमा जारी गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ-निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’

‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१