विकास तथा प्रविधि समितिले दिएको निर्देशन: मन्त्रालयले बेवास्ता

ssapana44@gmail.com' jamuna aryal
२ पुष २०७५, सोमबार १३:५२

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले दिएको निर्देशन खानेपानी मन्त्री वीना मगरले कार्यान्वयन गर्न आलटाल गरेकी छिन् ।

१६ मंसिरमा बसेको समितिको बैठकले ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिद्वारा सञ्चालित खानेपानी तथा सरसफाई आयोजना (फन्डबोर्ड) विघटन गर्ने निर्णय फिर्ता गर्न मन्त्री मगरलाई निर्देशन दिएको थियो ।

समितिले निर्देशन दिएको १५ दिन नाघ्दासमेत मन्त्रालयले बेवास्ता गरेको हो । सरकारले गत असारमा फण्डबोर्ड विघटन गरेको थियो ।

बोर्ड विघटन गर्ने सरकारको निर्णयसँगै देशभर निर्माण भइरहेका ७ सय ५० ग्रामीण खानेपानी तथा सरसफाई आयोजना अलपत्र अवस्थामा पुगेका छन् ।

ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिलाई छोटकरीमा फण्डबोर्ड भनिन्छ । यसको ०५२ साल चैतमा स्थापना भएको थियो । विकास समिति ऐन, २०१३ अन्तर्गत स्थापना भएको यस फण्डबोर्डमा सरकार, दातृ निकाय साथै समुदायको समेत लगानी रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१