गजल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
११ भाद्र २०७१, बुधबार १०:२२

कपिल ज्ञवाली ‘जिज्ञासु’

तीज आयो माईतीघर आउंदिनौ र दिदी ?
चुरा,पोते,सारी, श्रीफुल लाउंदिनौ र दिदी ?

चेलिबेटी बटुल्ने यो चाड आयो हेर ,
सधै घर छुट्टी कैले पाउंदीनौ र दिदी?

अघिपछि आफै ब्यस्त हुनुपर्छ हेर,
मनराख्न माईतीको धाउंदिनौ र दिदी ?

चौतारीमा चेलीबेटी छमछमी नाच्दाखेरी,
गीत बनाई बेदनाका गाउंदिनौ र दिदी ?

आउने जाने चहलपहल अघिपछि भन्दा,
तिमी किन एकान्तमा रमाउंदिनौ र दिदी ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१