चक्रपथ सरसफाई महा- अभियानले ८८ औं हप्ता पार,फोहर फाल्न भने छाडेनन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७५, आईतवार ०५:३६

काठमाडौं । काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले ८८ औं हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनले अगुवाई गरेको  चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ८८ औं हप्ता पुरा गरेको हो  ।

प्रत्येक हप्ता शनिबार बिहान ७ :३०  देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी,  हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।


 फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन 

सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक किसिमका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ८८  औ हप्तामा १०  टन फोहोर संकलन गरियो भने ३०० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१