दाहाललाई एकल नेतृत्व दिन वामदेवको माग

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ पुष २०७५, आईतवार ०५:०७

काठमाडौँ । नेकपाका नेता वामदेव गौतमले पार्टी कामको एकल नेतृत्व पुष्पकमल दाहाललाई दिन माग गरेका छन् । शनिबार बसेको स्थायी समिति बैठकमा गौतमले सरकार र पार्टी नेतृत्वको हालसम्मको कामको आलोचना गर्दै पेस गरेको १६ पृष्ठको छुट्टै प्रतिवेदनमा प्रधानमन्त्रीले पार्टी कामको पनि जिम्मेवारी लिँदा त्यो भूमिका सफलतापूर्वक निर्वाह गर्न नसकेको उल्लेख गरेका छन् ।

गौतमले सरकारका गतिविधिका कारण जनतामा निराशा छाउन थालेको विश्लेषण गरेका छन्। पार्टी नेतृत्वमा रहेकाहरुले कार्यकर्ता र जनतामा देखा परेका निराशालाई चिर्दै आशा र उत्साह सिर्जना गर्ने तर्फ कुनै कदम नचालेको गौतमको आरोप छ। उनले पछिल्लो समय पार्टी छलफलमा समेत नगरी जथाभावी काम गर्ने प्रबृत्ति बढेको उल्लेख गर्दै त्यसकै एउटा उदाहरण हालै भएको एसिया प्यासिफिक सम्मेलनलाई दिएका छन्। ‘भर्खरै नेपाल सरकार संलग्न एउटा अन्तराष्ट्रिय गैरसरकारी धार्मिक संस्था युनिभर्सल पिस फेडरेसशनको आयोजनामा काठमाडौमा एशिया–प्रशान्त क्षेत्रीय सम्मेलन भयो। त्यसमा पार्टीका उच्च पदस्थ नेताहरु, नेपाल सरकारसहित प्रदेश र स्थानीय तहका सरकारहरुलाई पनि सामेल गराइयो’, गौतमले भनेका छन्, ‘तर यस किसिमको कार्यक्रममा सरकार र नेताहरुको संलग्नताका निम्ति पार्टीका निर्णय गर्नुपर्ने आवश्यक नै ठानिएन।’

उनले प्रधानमन्त्री मातहत ठूला आयोजना लैजाने, राजस्व, राष्ट्रिय अनुसन्धान विभाग जस्ता निकायहरु लैजाने निर्णयको पनि विरोध गरेका छन्। प्रधानमन्त्रीले सबै शक्ति खिच्दा मन्त्रीहरु निरिह बनेको गौतमले उल्लेख गरेका छन्। पार्टीभित्र व्यक्तिवादी कार्यशैली लागू भएको र यसको नेतृत्व अध्यक्षबाटै भएको संकेत गौतमले गरेका छन्। ‘आज पार्टीेले सरकार चलाएको छ कि सरकारले पार्टीरु दुस्खका साथ भन्नुपर्छ, पार्टीले सरकार चलाएकै छैन, सरकारले पार्टी चलाउने कुरै आउँदैन’, उनले प्रतिवेदनमा भनेका छन्। गौतमले प्रतिवेदनको पहिलो अंशमा सरकार पार्टी काममा नेतृत्वले गरेका गतिविधिको आलोचना गरेका छन् भने दोस्रोमा पार्टीले अबलम्वन गर्नुपर्ने अबको दिशाबारे उल्लेख गरेका छन्।
नेकपाको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको हो। बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।

बैठकले एकता प्रक्रियामा बाँकी रहेका काम कारबाहीलाई टुंगोमा पुर्याउने बताइएको छ। गत जेठमा तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को बीचमा पार्टी एकता भई नेकपा बनेपछि प्रदेश समितिका पदाधिकारी र सदस्यको चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले पूर्णता पाउन सकेको छैन।

सचिवालयको बैठक निरन्तर बस्दै आएको भए पनि स्थायी समितिको बैठक भने लामो समयदेखि बस्न सकेको थिएन। यस्तै केही दिन पहिले सचिवालयको बैठक समयमा सुरु नभएको भन्दै बैठक बहिस्कार गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग पार्टी अध्यक्ष दाहालले शनिबार बिहान छलफल गरेका थिए। कान्तिपुर बाट 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१