भद्दा छालालाई १० मिनेटमा चम्किलो बनाउन सकिने तीन प्राकृतिक उपायहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७५, शनिबार ०५:०८

के तपाईको छाला भद्दा देखिन्छ ? के यो सुख्खा र फुस्रो छ? के तपाईले थोरै मात्र सिंगार प्रसाधन छालामा प्रयोग गर्दा पनि यो लतपतिन्छ ? के तपाईको छाला जति बेलापनि तेल दलेजस्तो चिल्लो देखिन्छ ?

भद्दा, सुख्खा, खस्रो , तैलिय छाला भनेको छाला जन्य सौन्दर्य समस्याहरु हुन् । जब तपाई खटिरा अथवा छालाको माथिल्लो परत प्रत्येक दुई महिनामा पुन पलाउछ जस्तो अनुभव गर्नुहुन्छ, त्यस्तो बेलामा तपाईको छाला सुख्खा तथा भद्दा देखिन्छ ।

जब तपाईको छाला पुन पुरानै अवस्थामा फर्किन्छ त्यस्तो बेलामा तपाईको शरीरको सतहका छालामा लाखौ मरेका तन्तुहरु त्याहाँ बसिरहेका हुन्छन् । अनि जव ती अनेकौ मरेका छालाका तन्तुहरु झर्छन, त्यहाँ कैयौं तन्तुहरु झुन्डिएर त्यसै बाँकी रहन्छन् ।

भद्दा छालाको ठाउँमा नयाँ छाला पलाउने प्रविधि अपनाउनाले त्यहाँ जम्मा भएका फोहर सफा हुनुका साथै मरेका तन्तुहरु झरेर जान्छ र तपाईले छालामा नयाँ चमक पाउँनुहुन्छ
छालालाई सस्तो अनि सुलभ तरिकाले कसरी पुर्नताजगी बनाउन सकिन्छ?

छालामा पुर्नताजगी ल्याउने भन्दै बजारमा धेरै थरिका सौन्दर्य सामग्री पाइन्छ तर त्यस्ता सामग्रीहरु महंगा पनि हुन्छन् ।
आज हामी तपाईहरुलाई मरेको छालाको ठाउँमा नयाँ तथा चम्किलो छाला पुनप्राप्त गर्न सस्तो र सुलभ उपाय के हुन सक्छ त्यसका बारेमा जानकारी गराउँदै छौं ।

हामीले जानकारी गराउने यो घरेलु प्राक्रितिक ओखतीका लागि तपाईले धेरै पैखा खर्चिनु पर्दैन । त्यसका लागि हामी तपाईहरुलाई सहज तरिका जानकारी गराउँदै छौं । हामीले जानकारी गराउन गैरहेको यो घरेलु सरदाम संभवत हामी सबैको भान्सामा नियमित रुपमा उपलब्ध हुने चिजबिज हो । अनि यो समाचार तपाईका लागि सुखमय पनि हुनसक्छ । तपाई यो छालालाई पुर्नताजगी बनाउने सरदाम दश मिनेटमा तयार पार्न पनि सक्नु हुन्छ ।

हाज हामी तीन बेग्लाबेग्लै सरदामका बारेमा जानकारी गराउँदै छौ जसलको प्रयोग गेरर तपाईले आफ्नो छालमा पुर्नताजगी पाउनु हुनेछ । यी तीन बिधि मध्य कुनै एक प्रयोग गर्न सक्नु हुन्छ ।

१. चिनि प्याक
चिनि प्याक प्रयोग गरेर तपाई आफ्नो छालामा पुर्नताजगि प्राप्त गर्न सक्नु हुन्छ । चिनिमा आबद्ध खस्रोपनाले तपाईको छालामा रहेको फोहरको थुप्रो तथा मरेको छलाको तन्तुहरुलाई सहजै बाहिर निकाल्ने र छालामा ताजगी ल्याउन सहयोग पुर्याउँछ । चिनि प्याक तयार पार्नका लागि आधा कप जैबिक सेतो चिनि, आधा कप नरिवलको कांचो तेल र कपको एक चौथाई जैबिक भूइकटहरको रस लिनुहोस् । मीश्रणलाई एकै ठाउँमा मिसाउनुहोस्। यसले आफ्नो अनुहारलाई बिस्तारै मसाज गर्नुहोस् र अनुहारलाई चिसो पानीले सफा गर्नुहोस् ।

२. केरा-महको प्याक
पाकेको केरा र महको फेस मास्क बनाउका लागि एउटा पाकेको जैबिक केरा र दुई चम्चा शुद्ध जैबिक मह लिनुहोस् । यसलाई मिक्सचरमा पेल्नुहोस् । अब मीश्रणमा केही थोपा कागतीको रस मिसाउनुहोस् र यसलाई चलाउनुहोस् । मीश्रण प्रयोग गर्नुपुर्व आफ्नो अनुहारलाई जैबीक साबुनले सफा गर्नुहोस् । अव अनुहारमा मीश्रणको लेप दल्नुहोस् र करिव २० मिनेट सम्म त्यसै छाडिदिनुहोस् । अनुहारमा दलेको मीश्रण सफा गर्नका लागि चिसो पानीको प्रयोग गर्नुहोस् ।

३. तातो पानीको बाफ
छालामा मरेको तन्तुहरुलार्ई बिस्तारै हटाउनुहोस् र छालामा रहेको मसिनो प्वालहरुलाई खोल्नका लागि जैबिक साबुनले पखाल्नुहोस् । सर्वप्रथम, आफ्नो अनुहारलाई एउटा तौलियाले ढाक्नुहोस् र बाफ आउँदै गरेको पानीमाथि आफ्नो अनुहार घोप्टो पारेर पाँच मिनेट सम्म अड्याउनुहोस् । त्यसपछि मन तातो पानीले आनुहारमा छयाप्नुहोस् र जैबिक साबुन अनुहारमा दलेर सफा पानीले पखाल्नुहोस् ।

यी माथिका बिधिहरु अपनाएर तपाईले आफ्नो छालामा ताजा, सफा अनि नरमपना पाउनुका साथै छालामा जम्मा भएको फोहर र मरेको तन्तुहरु बाट समेत छुटकारा पाउनु हुनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१