कांग्रेसमा पदाधिकारीबारे सहमति जुटेन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७५, शनिबार ०४:४१

काठमाडौं । नेपाली कांग्रेसमा महासमिति बैठकको अघिल्लो दिनसम्म पदाधिकारीबारे अझै सहमति जुटेन । तर, केन्द्रीय कार्यसमितिको बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पास गरेको छ ।

तर, पार्टी सभापति शेबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला आ आफ्नै प्रस्तावमा अडिएका छन् । देउवाले उसपभापति, महामन्त्री र सहमहामन्त्री २ र २ बनाउने तथा पौडेलले ३ र ३ बनाउने प्रस्ताव राखेका छन् । महामन्त्री शशांक कोइरालाले भने पिरामिड शैलीमा उपसभापति २, महामन्त्री ३ र सहमहामन्त्री ४ प्रस्ताव गरेका छन् ।

अन्तिमसम्म सहमतिको प्रयास जारी राख्ने र नभए आ आफ्नो प्रस्ताव लैजाने नेताहरुले बताएका छन् ।

बैठकले उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रस्ताव संशोधनसहित पास गरेको छ भने महामन्त्री शशांक कोइरालाको सांठगनिक र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पास गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०