महासमिति सदस्य भन्छन्-‘नेताहरुको व्यक्तिगत स्वार्थ देख्दा लज्जाबोध हुन्छ’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७५, शनिबार ०४:३३

काठमाडौं । काँग्रेस महासमिति बैठकमा उपस्थित हुन आएका महासमिति सदस्यहरुले पार्टी प्रमुख नेताहरुको व्यक्तिगत स्वार्थ देख्दा लज्जाबोध भएको बताएका छन् । महासमिति बैठकमा करिब १ हजार ६ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन् । प्रमुख नेताहरुले आफ्नो व्यक्तिगत स्वार्थ हेरेर पार्टी संशोधित विधानका प्रस्तावित प्रावधानमा अहिलेसम्म सहमति गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सानेपामै जिल्ला सभापतिको गोप्य भेला पनि चलिरहेको छ । ९ जना जिल्ला सभापतिहरु आफ्ना मागबारे महासमिति बैठकमा कसरी प्रस्तुत हुने भनेर छलफल गरिरहेका छन् । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१