कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ मंसिर २०७५, शुक्रबार ०५:३२

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले  पत्रकार सम्मेलन गरीे मंसिर २८ गतेदेखि पुष ३ गतेसम्म चल्ने महासमिति वैठकको तयारीबारे जानकारी दिएका हुन् । उनले महासमितिमा भएका छलफलबारे मिडियालाई बिहान ११ बजे र साँझ ४ बजे बिर्फिङ गराइने पनि बताए ।

बैठकमा एक हजार ६ सयको सहभागिता हुनेछ । बैठकमा उपस्थित हुने महासमिति सदस्यहरुलाई दस्तावेज वितरण र रजिष्ट्रेसन शुक्रबार हुनेछ । शनिबार ११ बजे उद्घाटन हुने बैठकको पहिलो दिन दस्तावेजहरु पनि वितरण हुने बताइएको छ । महासमिति सदस्यले एकहजार रुपियाँ प्रवेश शुल्क बुझाउनु पर्नेछ ।

महासमिति बैठकमा ७ वटा दस्तावेज प्रस्तुत हुनेछ । उनकाअनुसार राजनीतिक प्रस्ताव उपसभापति विमलेन्द्र निधि, सांगठानिक दस्तावेद महामन्त्री डाक्टर शशांक कोइराला, विधान संशोधन प्रस्ताव अर्का महामन्त्री पूर्णबहादुर खड्का, आर्थिक दृष्टिकोण सम्बन्धी प्रस्ताव सहमहामन्त्री डा. प्रकाशशरण महत र आर्थिक प्रतिवेदन कोषाध्यक्ष सीतादेवी यादवले प्रस्तुत गर्ने छन् ।

उद्घाटन सत्र पश्चात प्रस्तुत हुने दस्तावेजको ७ वटा प्रदेशस्तरीय समूहमा छलफल भएपछि मात्रै खुला रुपमा छलफल हुने पार्टी प्रवक्ता शर्माले बताए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०