गाउँपालिकाका अध्यक्षमाथि निर्घात कुटपिट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७५, बुधबार ११:४९

रुकुम । मदिरा सेवन गरेको समूहले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका अध्यक्ष धर्मबहादुर केसीमाथि कुटपिट गरेका छन् । बाँफिकोट गाउँपालिका–४ स्थित घरमा सुतिरहेको अवस्थामा अध्यक्ष केसीमाथि मङ्गलबार राति कुटपिट भएको हो ।

सो समूहले ढुङ्गा प्रहार गर्दा अध्यक्ष केसीको टाउकोमा गम्भीर चोट लागेको छ । सो समूहले अध्यक्ष केसीको घरमा समेत तोडफोड गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो । अध्यक्षमाथि कुटपिट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०