प्रधानन्यायाधीश सिफारिस सरेको सरै, पुस ५ लाई तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७५, बुधबार ०५:५३

काठमाडौँ । भावी प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषदको मंगलबार डाकिएको बैठक पनि स्थगित भएको छ । यो सहित तेस्रोपटक सरेको बैठक अब पुस ५ लाई तोकिएको छ ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी ओलीले परिषद् बैठक सार्दै जाँदा संविधान उल्लंघन भइरहेको छ । गत मंसिर १७ मा प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो ।

प्रधानमन्त्रीले मंसिर २२ का लागि बोलाएको दोस्रो बैठकसमेत स्थगित भयो । मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपराहन र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१