तीज

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० भाद्र २०७१, मंगलवार १६:०९

निता केसी

10494658_756287851079872_1698947989350335169_n

जहाँ रंगिन्छ सिन्दुरले सिउँदो त्यहाँ हुन्छ तीज

जहाँ झंकार हुन्छ चुराको त्यहाँ हुन्छ तीज

माईती संग रमाउछे चेली त्यहाँ हुन्छ तीज

गुनगुनाउदै नुहाउछे चेली त्यहाँ हुन्छ तीज

जहाँ रमाउछे सौभाग्यबती त्यहाँ हुन्छ तीज

जहाँ दिर्घायु हुन्छन् पति त्यहाँ हुन्छ तीज

श्रद्धा र पुजा हुन्छ आफ्नाको त्यहाँ हुन्छ तीज

माया र विश्वास हुन्छ प्रियको त्यहाँ हुन्छ तीज

केही सम्मान गरिन्छ नारीलाई त्यहाँ हुन्छ तीज

केही माया चुलिन्छ जहाँ छोरीलाई त्यहाँ हुन्छ तीज

जहाँ बिस्वाश बहन्छ प्रार्थनामा त्यहाँ हुन्छ तीज

दैबको सम्मान दिईन्छ पतिलाई त्यहाँ हुन्छ तीज – !!! 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१