चारै राजदूत अनुमोदित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७५, सोमबार ०५:१७

काठमाडौँ । संघीय संसदको सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित राजदूतका नाम आइतबार सर्वसम्मत अनुमोदन गरेको छ । अनुमोदित हुनेमा भारतका लागि नीलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल छन् ।

राष्ट्रपतिले संविधानअनुसार उनीहरूलाई राजदूत नियुक्त गरेपछि सम्बन्धित मुलुकमा नाम पठाइनेछ । ती मुलुकका सरकारबाट एग्रिमो आएपछि उनीहरू जिम्मेवारी सम्हाल्न जानेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१