भ्रष्टाचार गर्ने कसैलाई नछाड्नुस् : प्रधानमन्त्री ओली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७५, सोमबार ०५:१०

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार हुन नदिने अठोट गरेका छन् । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयोजित कार्यक्रममा ओलीले आफू भ्रष्टाचार रोक्ने प्रयासमा रहेको दाबी गरे ।

‘म भ्रष्टाचार गर्दिनँ, यसमा शतप्रतिशत प्रतिबद्ध छु,’ उनले भने, ‘भ्रष्टाचार हुन दिन्नँ भन्नेमा पनि उस्तै प्रतिबद्ध छु । तर त्यो सफल भएको छैन । प्रयास भइरहेको छ ।’ भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्न अख्तियारलाई आग्रह गर्दै उनले दबाबलाई वास्तै नगरी काम गर्न सुझाव दिए ।

कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय सरकारबारे उजुरीको संख्या बढेको भन्दै संक्रमणकालका नाममा त्यसलाई उन्मुक्ति नदिइने चेतावनी दिए । १० वर्षदेखिका ठेक्कापट्टा अपूरा रहेको उनले बताए ।करिब ५ सय वटा त्यस्ता ठेक्कापट्टाको फाइल अनुसन्धानमा रहेको उनले जानकारी दिए ।  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१