पाँच वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७५, सोमबार ०५:०४

रुपन्देही । पाँच वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा देवदह(७ का जीवन खत्रीलाई आइतवार पक्राउ गरेको हो ।

घर अगाडि खेल्दै गरेको अवस्थामा बालिकालाई चाउचाउ दिएर ललाइफकाई नजिकैको टहरामा लगेर खत्रीले जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले बताए । खत्रीसँगै अन्य पाँचजनालाई समेत प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०