बिबरको विवाहले बिरामी सेलेना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ मंसिर २०७५, सोमबार ०५:००

गायिका तथा अभिनेत्री सेलेना गोमेज ‘इमोसनल ब्रेकडाउन’को बहानामा एक महिना रिह्याबमा बसेर घर फर्किसकिन्। तैपनि, उनी अझै सामान्य दैनिकीमा फर्कन सकेकी छैनन्। ‘सेलेना रिह्याबबाट त बाहिर आएकी छिन् तर नियमित थेरापी लिइरहेकी छिन्,’ उनी निकट स्रोतले भनेको छ, ‘उनले अझै असुरक्षा महसुस गरिरहेकी छिन्।

केहीले सेलेना बिरामी हुनमा जस्टिन बिबर कारण हुन सक्ने अनुमान गरेका छन्। जस्टिनले केही समयअघि उनीसँग ब्रेकअप गर्दै हेले बाल्डविनसँग विवाह गरेका थिए। केहीले भने सेलेनाकी बेस्ट फ्रेन्ड डेमी लोभाटो ड्रग ओभरडोजका कारण झण्डै मृत्युको मुखमा पुगेको कुराले सेलेनालाई हल्लाएको अनुमान गरेका छन्।

पछिल्ला केही महिना उनले अत्यधिक मदिरा पिउन थालेकी थिइन्, जबकि त्योभन्दा अगाडि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो। यही कारणले पनि सेलेना बिरामी भएको हुन सक्ने अड्कल गरिएको थियो। तर, स्रोतको दाबी छ, जस्टिनले बाल्डविनसँग विवाह गर्न लागेको खबर सेलेनाका लागि सहनै नसक्ने चोट थियो। यसैले उनलाई रिह्याबसम्म पुर्यायो।

हलिउडमा प्रेम, विवाह र सेक्सलाई एकदमै हल्का रूपमा लिइन्छ। तर, सेलेनालाई हेरेर कसले भन्न सक्छ, हलिउड सेलिब्रेटीको प्रेममा गहिराइ हुन्न।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१