चक्रपथ सरसफाई महा- अभियानको ८७ औं हप्तामा पार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७५, आईतवार ०५:४०

काठमाडौं । ‘सुन्दर शहर हामी सबैको रहर, स्वस्थ वातावरण स्वस्थ जीवन’ भन्ने नाराका साथ काठमाडौंको चक्रपथ सरसफाई महा- अभियानले ८७ औं हप्ता पार गरेको छ ।

काठमाडौंको वसुन्धरामा रहेको ग्रीनसिटी हस्पिटलका अध्यक्ष लोकवहादुर टण्डनले अगुवाई गर्नुभएको चक्रपथ सरसफार्इ महा(अभियानले शनिवारदेखि ८७ औं हप्ता पुरा गरेको छ ।

प्रत्येक हप्ता शनिबार बिहान ७ :३०  देखि ९ बजे सम्मफोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ ।

सडकको दायाबायां सार्बजनिक ठाउमा बर्षौ देखि फालिएका हरेक किसिमका फोहोरहरु निकै मेहनतका साथ घीन नमानी उठाउने कार्य भएपछि अहिले त्यो क्षेत्रको अनुहार बदलिएको छ । तर अझै पनि फोहर उठाउदै जाने अनि सोही क्षेत्रका नागरिकहरुले यत्रतत्र फोहर फाल्न भने छाडेका छैनन ।

ग्रिनसिटी अस्पतालको सयोजनमा प्रारंभ गरिएको सफाई अभियानबाट ८७  औ हप्तामा १२  टन फोहोर संकलन गरियो भने ३५० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०