आयल निगमको प्रमुखका दावेदार बस्नेतलाई पनि भ्रष्टाचार मुद्दा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ मंसिर २०७५, आईतवार ०५:०९

काठमाडौं । नेपाल आयल निगमका दावेदार रमेश बस्नेत पनि सिक्टाको भ्रष्टाचार काण्डमा मुछिएका छन् । उनले सिक्टा आयोजनाका प्रमुखका रुपमा काम गर्दा अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ अर्ब १३ करोडढको विगो भराउन माग गर्दै विशेषमा मुद्धा दायर गरेको छ ।

उनी अहिले बागमति सिँचाइ आयोजनामा कार्यरत थिए ।

उनले नेपाल आयल निगममा उनले प्रवन्ध निर्देशकको दावेदारी राख्दै आवेदन दिएका थिए । उनले पछिल्लो दिनमा निगममा नेतृत्व हत्याउन राजनीतिक लबिइङ तीव्र पारेका थिए । उनी नेकपा निकट मानिन्छन् ।

तर, अब भ्रष्टाचार काण्डमा मुछिएपछि उनी निगमको कार्यकारी प्रमुखको दौडबाट स्वतः बाहिरिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१